Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति गर्न सहमति सहित स्वास्थ्य मन्त्री पौडेलद्वारा गण्डकी प्रदेशमा पत्र पठाउने निर्णय, अस्पताल विस्तारको बाटो खुल्यो

दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति गर्न सहमति सहित स्वास्थ्य मन्त्री पौडेलद्वारा गण्डकी प्रदेशमा पत्र पठाउने निर्णय, अस्पताल विस्तारको बाटो खुल्यो

images

इच्छाकामना न्युज

२१, माघ २०८१
दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्ति गर्न सहमति सहित स्वास्थ्य मन्त्री पौडेलद्वारा गण्डकी प्रदेशमा पत्र पठाउने निर्णय, अस्पताल विस्तारको बाटो खुल्यो
images

काठमाडौं । दमौली अस्पतालको विस्तारका लागि बाटो खुलेको छ । लामो समयदेखि जग्गा अभावका कारण अस्पताललाई ५० शैय्यामा विस्तार गर्ने प्रक्रिया अघि बढ्न नसकेकामा अब प्राप्तिको बाटो खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको विस्तारका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ र कृषि ज्ञान केन्द्रले प्रयोग गर्दै आइरहेको मध्येको ३ रोपनी ५ आना जग्गा प्राप्त गर्ने सहमतिसहितको प्रस्ताव गण्डकी प्रदेशमा पठाएका छन् ।

यसअघि कृषि मन्त्रालयले सो जग्गा गर्नका लागि मन्त्रालयलाई सहमति दिइसकेको छ । अब गण्डकी प्रदेश मन्त्रिपरिषद बैठकले सहमति दिए पछि संघ सरकारले जग्गा अस्पतालका लागि उपलब्ध गराउनेछ ।

अस्पतालका लागि आवश्यकमध्ये भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वमा रहेको रोपनी ५ आना तथा कृषि ज्ञान केन्द्रको स्वामित्वमा रहेको २ रोपनी जग्गा प्राप्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहमति दिएको हो ।

पृथ्वी राजमार्गको मध्यभागमा रहेको दमौलीमा अस्पताल विस्तारको विषय लामो समयदेखि उठे पनि जग्गा प्राप्तिसम्बन्धी निर्णय नहुँदा अघि बढ्न सकेको थिएन ।

दमौली अस्पतालको निरीक्षणका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएरै छाड्ने दृढता गरेका थिए ।

सोही अनुरुप अस्पतालको प्रस्ताव कृषि मन्त्रालय, अर्थ मन्त्रालय हुँदै अघि बढाउन मन्त्री पौडेलले पहल गरेका थिए । अब गण्डकी प्रदेशबाट स्वीकृतिपछि संघ सरकारले अस्पताललाई जग्गा हस्तान्तरण गर्नेछ ।

यसपछि प्रदेशको स्वामित्वमा रहेको  अस्पतालको विस्तारको काम अघि बढ्नेछ । 

images
प्रकाशित मिति :माघ २१, २०८१ सोमवार - २२:१९:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology