Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आम्दानीसँग जोड्न शुक्लागण्डकीमा महिलालाई कुक तालिम

आम्दानीसँग जोड्न शुक्लागण्डकीमा महिलालाई कुक तालिम

images
आम्दानीसँग जोड्न शुक्लागण्डकीमा महिलालाई कुक तालिम
images

ममता गुरुङ, दुलेगौडा । घरको भान्छामा सवैभन्दा बढी सक्रिय रहने महिला तथा गृहणीहरुको उपस्थिती ब्यवसायिक पाककलाको क्षेत्रमा भने कम पाइन्छ । अब महिलाहरुको सहभागिता ब्यवसायिक पाककलामा समेत बढाउने उदेश्यले तनहुँको दुलेगौडामा कुक तालिम सञ्चालन गरिएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका ४ ले यहाँका महिलाहरुलाई पाक कलाको विकास गराएर ब्यवसायिक बनाउन कुक तालिम प्रदान गरेको हो । १५ दिनसम्म वडाका १६ महिलाहरुलाई तालिम प्रदान गरेको वडा कार्यालयले अव महिलाहरु घरको भान्छाबाट ब्यवसायिक प्रतिष्ठानका भान्छाहरुमा समेत पहुँच पु¥याउन सक्ने विश्वास लिएको छ ।

सोमबार दुलेगौडामा तालिमको समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष राजकुमार वाग्ले राजुले ब्यक्तिगत सिप, ब्यवसायिक जीवन र बढ्दो स्वास्थ्य समस्याको निराकरणका लागि तालिमले टेवा पुग्ने दावि गर्नुभयो । वडाले प्रत्यक्ष जीवनमा लागु हुने तालिमलाई जोड दिएको बताउदै खानपानकै कारण अस्वस्थ बनेको शहरीया जीवनशैलीका लागि यस्ता तालिम महत्वपुर्ण हुने बताउनुभयो ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले महिलाहरुले परम्परागत शैलिको पाककलालाई ब्यवसायिक बनाउन सक्ने भन्दै सिपलाई आयआर्जनसँग जोड्न आग्रह गर्नुभयो ।

वडा सदस्य मदन श्रेष्ठ, मिना रोका सुनार, प्रशिक्षक संगम राना, शुक्लागण्डकी महिला उद्यमशिल समुहकी अध्यक्ष मिरु श्रेष्ठ, प्रशिक्षार्थी सपना श्रेष्ठ लगायतले तालिम महत्वपूर्ण रहेको बताउदै महिलाहरुको क्षमतासँगै ब्यवसायिक क्षेत्रमा लाग्न सहयोग पुग्ने बताएका थिए ।

तालिममा सहभागिभएका महिलाहरुले होटल रेष्टुरेण्टमा प्राप्त गरिने विभिन्न परिकारहरु पकाउन र बनाउन सिकेका थिए । वडा कार्यालयको आयोजना र शुक्लागण्डकी उद्यमशिल महिला समुहको सहआयोजनामा तालिम सञ्चालन गरिएको थियो ।

images
प्रकाशित मिति :माघ ७, २०८१ सोमवार - २२:१२:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology