इच्छाकामना, २६ पौष । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीको दोश्रो सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।
सम्मेलनले रामहरी कडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।
यस्तै, उपाध्यक्षमा तुल बहादुर गुरुङ, कुमार राना, रामप्रसाद बोहरा, सचीवमा पवन गुरुङ, सह सचीवमा शुसिला चालिसे र कोषाध्यक्षमा इन्द्र माया मगरलाई निर्वाचित गरेको नेकपा माओवादी केन्द्र इच्छाकामनाले जनाएको छ ।