Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

४६ अङ्कले घटेर शेयर बजार राताम्मे, ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार

४६ अङ्कले घटेर शेयर बजार राताम्मे, ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार

इच्छाकामना न्युज

२३, मंसिर २०८१
४६ अङ्कले घटेर शेयर बजार राताम्मे, ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार
images

काठमाण्डौ – हप्ताको पहिलो दिन शेयर बजार झण्डै ४६ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्स आज ४५ दशमलव ९३ अङ्कले घटेर दुई हजार छ सय ८९ विन्दुमा झरेको हो ।

images
images

आज सबै समूहको शेयर घटेको छ । मानुषी लघुवित्त, लाइफ इन्सुरेन्स कर्पोरेशन नेपाल, जोशी हाइड्रोपावर र सामुदायिक लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज एक करोड ७३ लाख ९२ हजार कित्ता शेयर सात अर्ब ४६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

images
प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १५:३२:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology