Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रधानमन्त्री बनेपछि पहिलोपटक गृहजिल्लामा ओली, दुई दिन बस्ने

प्रधानमन्त्री बनेपछि पहिलोपटक गृहजिल्लामा ओली, दुई दिन बस्ने

images

रासस

२३, मंसिर २०८१
प्रधानमन्त्री बनेपछि पहिलोपटक गृहजिल्लामा ओली, दुई दिन बस्ने
images

२३ मंसिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आइपुगेका छन् । गत असारमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला पुगेका उनले यहाँ दुई दिन बिताउनेछन् ।

प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरे ।

प्रधानमन्त्री ओली आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

उनका अनुसार व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी हुने कार्यक्रम छ ।

यसैगरी, भोलि सोमबार बिहान १० बजे बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन, ११ बजे गौरादह नगरपालिकाअन्तर्गत महारानीझोडामा जग्गाधनीपुर्जा वितरण र दिउँसो १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

मेचीनगरको मानवसेवा आश्रम उद्घाटन, शिलान्यासबाहेक अन्य सबै कार्यक्रम उहाँको निर्वाचन क्षेत्रभित्र पर्ने एमाले जिल्ला अध्यक्ष गिरीले जानकारी दिए ।

त्यस्तै, एमाले अध्यक्ष ओलीले सोमबार दिउँसो २ बजे बिर्तामोडस्थित सिटीसेन्टरमा पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पार्टी जिल्ला सचिव तुलसी कार्कीले बताए ।

images
प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १३:२०:४९ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology