१९ मंसिर, काठमाडौं । ९ महिनापछि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु भएको छ ।
सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासनपछि फागुनदेखि रोकिएको थियो । आज बुधबारदेखि वैदेशिक रोजगारमा रहेकाहरूले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिन सक्ने छन् ।
न्यूनतम १० कित्ता तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले जनाएको छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । आव २०८०/८१ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा छ भने प्रतिसेयर आम्दानी २५ पैसा छ ।