Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

मकवानपुरको राक्सिराङमा घाँस काट्न गएका वृद्धको मृत्यु

मकवानपुरको राक्सिराङमा घाँस काट्न गएका वृद्धको मृत्यु

images

इच्छाकामना न्युज

२७, कार्तिक २०८१
मकवानपुरको राक्सिराङमा घाँस काट्न गएका वृद्धको मृत्यु
images

राममणि दाहाल, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । 

राक्सिराङ गाउँपालिका–८ रातो डाँडाका सिंहबहादुर ब्लोनको भिरबाट लडेर मृत्यु भएको हो । करिब ८० वर्षीय ब्लोन घरदेखि अन्दाजी पाँच मिटर दक्षिणतर्फ पर्ने जङ्गल भिरमा अरेली काँडाको घाँस काट्ने क्रममा एक्कासि खुट्टा चिप्लिन गई भिरबाट खस्नुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

करिब ७०।८० मिटर तल खस्न गई वृद्ध ब्लोन कराई रहेको अवस्थामा निजको बुहारीले सुनेर वरपरका गाउँलेलाई बोलाई घाइतेलाई घरमा ल्याई उपचारको लागि एम्बुलेन्स बोलाइएकोमा घरमै सोमबार १३ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थल मनहरी बजारबाट करिब २०-२१ कि.मी. उत्तरमा रहेको छ । ब्लोनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ । 

यस्तै राक्सिराङ गाउँपालिका–७ गाई भाङका जङ्गबहादुर प्रजा गाउँबाट घर फर्किने क्रममा घर नजिकै रहेको भिरबाट लडेर घाइते हुनुभएको छ । ४१ वर्षीय प्रजा घर नजिकै रहेको भिरबाट करिब ३०-३५ मिटर तल खसी टाउकोमा चोट लागेर घाइते भई उपचारको लागि नयाँ मेडिकल कलेज चितवनमा गए राति पुर्याई उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । 

प्रहरीका अनुसार घाइतेको अवस्था गम्भीर रहेको र घटनास्थल प्रहरी चौकी कान्द्राङबाट करिब ३० कि.मी.पश्चिममा रहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २७, २०८१ मंगलवार - ०९:५६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology