Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

फूल खेतीबाट मनग्य आम्दानी गर्दै आँबुखैरेनी याञ्चोकका महिलाहरु

फूल खेतीबाट मनग्य आम्दानी गर्दै आँबुखैरेनी याञ्चोकका महिलाहरु

images

इच्छाकामना न्युज

१७, कार्तिक २०८१
फूल खेतीबाट मनग्य आम्दानी गर्दै आँबुखैरेनी याञ्चोकका महिलाहरु
images

अमरराज नहर्की 
तनहुँ कात्तिक १७ गते ।
 मोबाइलमा टिकटक, फेसबुक र युटुव चलाएर समय गुर्जाने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकका महिलाहरु फूलखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । कामविहीन हुँदा मोबाइलमा भुल्ने महिलालाई हाल फूल टिप्ने, माला उनेर बिक्री गर्न म्याइनभ्याई भएको छ  ।

फूल बिक्री गरी चार लाखभन्दा बढि आम्दानी गर्न सफल भएका छन् । आँबुखैरेनी गाउँपालिकाले महिलाको आयआर्जन वृद्धिका लागि फूल खेती गर्न प्रोत्साहन गरेपछि दिनचर्या परिवर्तन भएको हो । सामूहिक रुपमा व्यवसायिक रुपमा फूल खेती गरी खेर गएको समय र बाँझो जमिनको सदुपयोग भएको छ ।

याञ्चोकमा ४० रोपनी क्षेत्रफलमा ४० हजार सयपत्रीका बोटमा ढकमक्क फूल फूलेका छन् । यहाँ फूलेका फूल कतार समेत निर्यात भएको छ । बिक्री नभएको फूलाई धुप बनाएर बिक्री गर्ने गरेका छन् ।

गाउँपालिकाले फूल खेतीका लागि प्रोत्साहन गरेपछि यान्चोक लघुउद्यम महिला समुहद्वारा व्यवसायिक फूल खेती गरिएको हो । फूल प्रत्येक वर्ष भारतबाट आयात हुँदै आएकोमा गत वर्षदेखि उत्पादन हुन थालेपछि आत्मनिर्भर हुनुका साथै कतार निर्यात गर्न सफल भएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । चुमानले भन्नुभयो, ‘‘पूmल निर्यात गरी महिलाको आयआर्जनमा वृद्धि गर्ने लक्ष्य राखेका छौं ।’’ सयपत्री फूलखेतीबाट उत्साहित भएकाले यसवर्ष पनि निरन्तरता दिइएको कृषि शाखाका प्रमुख सन्तोष केसीले बताउनुभयो । केसीका अनुसार ८५ प्रतिशत अनुदानमा सयपत्री फूलका बिरुवा उपलब्ध गराएको थियो ।

गतवर्ष तिहारमा प्रतिकिलो पाँच सयमा फूल बिक्री भएको र ७० जना आबद्ध भएको समुहका अध्यक्ष सुन्तली गुरुङले बताउनुभयो । टिकटक, फेसबुक चलाएर समय खेर फालेका महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती थालिएको उहाँको भनाइ छ । गत वर्ष दुई लाखको बिक्री गरिएकोमा यस वर्ष चार लाखको बिक्री भइसकोको गुरुङ बताउनुहुन्छ । यस वर्ष आठ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखिएको समूहले जनाएको छ ।

महिलाकोको आयवृद्धिका लागि गाउँपालिकाले गत वर्षदेखि अनुदानको कार्यक्रम अगाडि बढाएको थियो । घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आयआर्जनमा जोड्न यो कार्यक्रम ल्याइएको अध्यक्ष चुमान बताउनुहुन्छ । सयपत्री फूलखेतीलाई प्राथमिकतामा राखेर गाउँपालिकाअन्तर्गतका सबै कार्यक्रममा खादा प्रयोगको सट्टा सयपत्रीको मालालाई प्राथमिकता दिने निर्णय गरिएको अध्यक्ष चुमानले जानकारी दिनुभयो । फूल कृषकलाई प्रोत्साहन गर्न प्लाष्टिकका फूल तथा माला बिक्री गर्न प्रतिबन्ध लगाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १७, २०८१ शनिवार - ०७:३५:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology