Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चितवनमा भाउजुको हत्या गरेको अभियोगमा ज्वाई पक्राउ

चितवनमा भाउजुको हत्या गरेको अभियोगमा ज्वाई पक्राउ

images

रासस

२८, आश्विन २०८१
चितवनमा भाउजुको हत्या गरेको अभियोगमा ज्वाई पक्राउ
images

चितवन । भाउजु हत्या गरेको अभियोगमा ज्वाई (नन्दको श्रीमान)लाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नम्बर ७ की ७१ बर्षिया बिष्णुमाया रानाभाटको हत्या गरेको अभियोगमा स्थानीय ६२ बर्षिय टिकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरी आज साँझ सार्वजनिक गरेको हो । 

रानाभाटले भाउजुको हत्या गरी भिरबाट फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए ।

उनका अनुसार असोज १९ गतेदेखि घरबाट हराइरहेकी बिष्णुमायाको शव असोज २१ गते घर नजिकै रहेको सामुदायिक वनको भिरमा भेटिएको थियो ।

घटना शङ्कास्पद भएपछि अनुन्धानका क्रममा पक्राउ परेका टीकारामले प्रहरीसमक्ष  हत्या गरेको स्वीकार गरेको उनले जानकारी दिए । टीकारामलाई प्रहरीले असोज २३ गते पक्राउ गरेको थियो ।

प्रहरीले घटनामा प्रयोग भएको खुर्पा एक थान, मृतकको सुनको गहना ठूलो रिंङ दुई थान, सानो रिङ पाँच थान, हत्याको समयमा प्रयोग गरिएका कपडाहरु बरामत गरेको छ । रिजालका अनुसार टीकारामलाई चितवन जिल्ला अदालतबाट समय थप गरी अनुसनधान सुरु गरिएको छ । 

images
प्रकाशित मिति :आश्विन २८, २०८१ सोमवार - ०८:४९:१२ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology