Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा १ लाख ५९ हजार नाघ्यो

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा १ लाख ५९ हजार नाघ्यो

इच्छाकामना न्युज

७, आश्विन २०८१
सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा १ लाख ५९ हजार नाघ्यो
images

काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ । त्यस्तै चाँदी भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १९२० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।

images
images

गत वर्षको असोजमा सुन प्रतितोला १ लाख १२ हजार हाराहारीमा कारोबार भएको थियो । एक वर्षकै अवधिमा सुनको मूल्य ४१ प्रतिशत बढेको छ ।

अमेरिकी केन्द्रीय बैंकले हालै ब्याजदर ०.५० प्रतिशत बिन्दुले घटायो । ब्याजदर घटाउँदा नै बैंक अध्यक्ष जेरोम एच पावेलले मूल्यवृद्धिमा थप चाप नदेखिए ब्याजदर अरू थप घट्ने आशय जनाए । यही कारण डिसेम्बरमा फेरि ब्याजदर घट्ने चर्चा चलेको छ । ब्याजदर घट्दा सुनसँगै, स्टक मार्केट समेत बढ्न जान्छ ।

images
प्रकाशित मिति :आश्विन ७, २०८१ सोमवार - ११:२८:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology