Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

अधुरै रह्यो भुपेन्द्राको ‘शी लिड्स आइकन’ बन्ने सपना

अधुरै रह्यो भुपेन्द्राको ‘शी लिड्स आइकन’ बन्ने सपना

images

रासस

२९, भाद्र २०८१
अधुरै रह्यो भुपेन्द्राको ‘शी लिड्स आइकन’ बन्ने सपना
images

बागलुङ । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट मागेका थिए ।

तर, उनको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका–२ मा भएको जिप दुर्घटनासँगै सधैँको लागि समाप्त भयो । आमाको खुट्टाको उपचारपछि घर फर्किँदै गरेका बुढाले आफ्नी आमासँगै दुर्घटनामा ज्यान गुमाइन् । आमाको खुट्टाको उपचारपछि एकसाता लामो काठमाडाँै बसाइ सकेर रुकुम पूर्वतर्फ फर्कंदै गर्दा बागलुङको गलकोटमा भएको जिप दुर्घटनामा ३३ वर्षीया उपाध्यक्ष बुढा र उनकी आमा ६१ वर्षीया गोपीमाया बुढाको ज्यान गएको हो ।

उनीहरुसँगै सोही गाउँपालिका–२ का वडाअध्यक्ष जसबहादुर श्रीपालीको पनि घटनास्थलमा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रताप पौडेलले गाउँपालिकाको जिप रुकुम पूर्वतर्फ जाँदै गर्दा अनियन्त्रित भएर भुङ्खानीको भिरमा खसेको थियो ।

‘गाउँपालिका उपाध्यक्ष बुढा आमालाई खुट्टाको उपचार गराएर घर फर्कंदै गर्दा दुर्घटना भएको हो,’ सूचना अधिकारी पौडेलले भने, ‘उहाँ शी लिड्स आइकनको उत्कुष्ट महिला जनप्रतिनिधिमा छनौट हुनुभएको थियो, शी लिड्स आइकनको टप २७ मा छनौट भएपछि उहाँले सामाजिक सञ्चालमा भोट माग्दै काठमाडौँबाट घरतर्फ लाग्नुभएको रहेछ ।’

प्रतिस्पर्धामा देशभरका उत्कृष्ट काम गर्ने जनप्रतिनिहरूबीच प्रतिस्पर्धा गराइएको थियो । ‘अनलाइन’ मतका आधारमा उत्कृष्ट छानिने उक्त आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखसहित २७ जना महिला जनप्रतिनिधि छोटोसूचीमा छनोटमा पर्नुभएको थियो । तर, उक्त सूचीबाट एकजनाको सङ्ख्या शुक्रबारबाट घटेको छ ।

सो दुर्घटनामा जिपचालक रुकुम पूर्व भूमि गाउँपालिका–३ निवासी २९ वर्षीय प्रेमबहादुर पुन गम्भीर घाइते भएका छन् । उनकोे टाउकोमा गम्भीर चोट लागेपछि धौलागिरि अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । शुक्रबार रा१ज २०० नंको पिकअप जिप अनियन्त्रित भई सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो ।

उपाध्यक्ष बुढाले केही दिनअघि मात्र सामाजिक सञ्जालमा आमाको खुट्टाको उपचार गराइरहेको, आमालाई मन्दिर घुमाइरहेको फोटा राखेकी थिइन् । उनको बुबा बितेपछि एक्लै परेकी आमालाई उपचारसँगै काठमाडौँसमेत घुमाएका थिए ।

सात वर्षअघि उपाध्यक्ष बुढाले बुबालाई गुमाएका थिए । उनको आमाको हेरचाह आफै गर्दै आएकी थिइन् । आमालाई उपचार गरी सहर घुमाएर घर फर्किएकी उपाध्यक्षको जिप दुर्घटनामा आमासँगै र वडाअध्यक्षको समेत मृत्यु भएपछि सिङ्गो गाउँपालिका शोकमा डुबेको छ ।

images
प्रकाशित मिति :भाद्र २९, २०८१ शनिवार - ०९:१३:४९ बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology