Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

सहकारी ठगेर भागेका एकजनालाई पनि स्वदेश फर्काउन सकेन सरकारले

सहकारी ठगेर भागेका एकजनालाई पनि स्वदेश फर्काउन सकेन सरकारले

इच्छाकामना न्युज

२९, भाद्र २०८१
सहकारी ठगेर भागेका एकजनालाई पनि स्वदेश फर्काउन सकेन सरकारले
images

काठमाडौं । सहकारी क्षेत्रमा देखिएको आर्थिक अपचलन तथा बचत रकम दुरुपयोग र अनियमितताको समस्या झन् विकराल हुँदै गएको छ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई गृह प्रशासनबाटै सहयोग नहुँदा सहकारीको बचत रकम अपचलनबाट पीडित नागरिक अझ बढी आहत भएका छन्।

images
images

शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, समितिले सहकारीको रकम अपचलन गर्ने अभियुक्तलाई बयानको दायरामा ल्याउने प्रयास गरिरहँदा गृह मन्त्रालयले सहकारीको रकम दुरुपयोग गरेर विदेश भागेका अभियुक्त ल्याउन सकेको छैन। संघीय सरकार अन्तर्गत दर्ता भएका २२ वटा सहकारीको मात्रै ३६ अर्ब २८ करोड ९६ लाख ८१ हजार ७८० रुपैयाँ अपचलन हुँदा ६२ हजार १८१ बचतकर्ता पीडित छन्।

सहकारी ठगी गरी अर्बौँ घोटाला गरेर ‘फरार व्यक्तिको खोजबिनका निम्ति महत्त्वपूर्ण कोशिस भएको’ बताउने गृह प्रशासनले यस्ता २८ अभियुक्तमध्ये एकजनालाई पनि स्वदेश फर्काएर कानुनी दायरा र बयानमा हाजिर गराउन नसकेको समितिले जनाएको छ।

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार शुक्रबार गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर र प्रहरी नायब महानिरीक्षक जनक भट्टराईसहित छलफलमा फरार अभियुक्तलाई विदेशबाट ल्याउन ‘महत्त्वपूर्ण प्रयास’ भएको जानकारी आएको छ।

गृहमन्त्री लेखकले समितिको निर्देशन अनुसार सहकारी रकम अपचलनमा संलग्न व्यक्तिलाई विदेशबाट नेपाल ल्याउन पहल भएको बताए। प्रहरी महानिरीक्षक कुँवरले पनि समितिको निर्देशन अनुसार सहकारी ठगीमा संलग्न अभियुक्तलाई स्वदेश फर्काएर अनुसन्धान गर्ने पहल गरिएको प्रष्ट पारे।

सभापति थापाका अनुसार समितिले गृहमन्त्री लेखकसँग साउन १३ गतेको बैठकमा सहकारी ठगीमा संलग्न भई विदेश भागेका २२ र भदौ १९ गतेको बैठकमा थप तीन गरी २५ जना फरार रहेका व्यक्तिको सन्दर्भमा खोजबिन गरेर छानबिनको प्रक्रियामा समावेश गराउने गरी पत्राचार गरेको थियो । शुक्रबारको बैठकमै उनले गृह प्रशासन र प्रहरी नेतृत्वसँग त्यस सन्दर्भमा भएको प्रगतिबारे जानकारी लिएको बताए।

समितिको निर्देशन अनुसार फरार व्यक्तिको खोजबिनका निम्ति महत्त्वपूर्ण कोसिस भएको उनले दाबी गरे । यसबिचमा मलेसियामा प्रहरी अधिकृत पठाइएको तर पक्राउ गर्ने र ल्याउने कार्यमा उपलब्धि हासिल नभएको र सरकार निरन्तर कोशिसमा रहेको जानकारी गराएका छन्।

images
प्रकाशित मिति :भाद्र २९, २०८१ शनिवार - ०८:५५:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology