Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

तनहुँको भिमादमा रुख काट्ने क्रममा च्यापिएर वृद्धको मृत्यु

तनहुँको भिमादमा रुख काट्ने क्रममा च्यापिएर वृद्धको मृत्यु

images

रासस

२७, भाद्र २०८१
तनहुँको भिमादमा रुख काट्ने क्रममा च्यापिएर वृद्धको मृत्यु
images

दमौली । यहाँको भिमाद नगरपालिका–६ रङ्गशाला नजिकै रुख काट्ने क्रममा च्यापिएर आज एक वृद्धको मृत्यु भएको छ ।

सोही वडाको मालेबगर बस्ने ५८ वर्षीय शेरबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सिसौघारीमा रुख काटी डोरीले तान्ने क्रममा रुखले च्यापिएर घाइते कुमाललाई प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचारका लागि लगिएको थियो ।

उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :भाद्र २७, २०८१ बिहिवार - २०:३८:४० बजे
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology