Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

सरकारबाट बाहिरिनुपरेपछि माओवादीले प्रतिगमनको हल्ला चलाएको हो : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

सरकारबाट बाहिरिनुपरेपछि माओवादीले प्रतिगमनको हल्ला चलाएको हो : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

images

इच्छाकामना न्युज

२, भाद्र २०८१
सरकारबाट बाहिरिनुपरेपछि माओवादीले प्रतिगमनको हल्ला चलाएको हो : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ
images

काठमाडौं । सरकारका प्रवक्ता एवम्‌ सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारबाट बाहिरिनुपरेपछि माओवादीले प्रतिगमनको हल्ला चलाएको बताएका छन्‌ ।

तमु सञ्चारकर्मी संघ नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले कांग्रेस–एमाले मिल्दा प्रतिगमन हुन्छ भन्ने हल्ला चलाएर माओवादीले सरकारबाट हट्नुपर्दाको पिडा व्यक्त गरेको बताएका हुन्‌ ।

पटकपटक सरकार परिवर्तनको प्रयोग भएपछि मुलुकमा स्थिरता कायम गर्न ठूला दुई दल मिल्नुपरेको मन्त्री गुरुङले तर्क गरे । उनले मुलुकको परिवर्तनमा सबै दलको भूमिका महत्वपूर्ण रहेको भन्दै उपलब्धि मास्ने काम कसैले नगर्ने दाबी पनि गरे ।

गुरुङले कुनै दलको स्पष्ट बहुमत नआउँदा मुलुकमा देखिएको अस्थिरता अन्त्य गर्न निर्वाचन प्रणाली परिवर्तनको बहस चल्नु स्वभाविक भएको भन्दै यसका कारण कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको धारणा राखे ।

आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्दा सवैका सहमतिका साथ अघि बढ्ने उनले बताए । मन्त्री गुरुङले संविधानमा सबैको अधिकारका कुरा रहे पनि यसलाई व्यवहारमा लागू गर्न नीति कानून आवश्यक रहेकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने समेत जनाए ।

images
प्रकाशित मिति :भाद्र २, २०८१ आइतवार - ०९:००:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology