Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख समक्ष बुझाए राजीनामा

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख समक्ष बुझाए राजीनामा

images

इच्छाकामना न्युज

६, श्रावण २०८१
बागमतीका मुख्यमन्त्री  शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख समक्ष बुझाए राजीनामा
images

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा बुझाएका छन्। आइतबार (आज) प्रदेश सभा बैठकमै राजीनामा दिने घोषणा गरेका उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएका हुन्।

केन्द्रमा कांग्रेस–एमाले गठबन्धनको नयाँ सरकार बनेसँगै प्रदेशमा अब बन्ने सरकारलाई मार्ग प्रशस्त गर्नका लागि विश्वासको मत लिने झमेला नगरेर राजीनामा दिएको बताएका हुन्।

आइतबार बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिने घोषणा गरेका थिए। त्यसको केहीबेरमा प्रदेश मुख्यमन्त्री सहित अन्य मन्त्रीहरुको उपस्थितीमा प्रमुख कार्यालय पुगेर प्रदेश प्रमुख शर्मा समक्ष राजीनामा बुझाएका हुन्।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहेका उनले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन्।

गत २०७९ पुस २५ मा जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

images
प्रकाशित मिति :श्रावण ६, २०८१ आइतवार - १६:३९:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology