Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी गाउँपालिकाद्वारा हिलेखर्कको बतासे डाँडामा पहिलो पटक चियाखेती सुरु, १५ रोपनी जग्गामा लगाईयो चिया

आँबुखैरेनी गाउँपालिकाद्वारा हिलेखर्कको बतासे डाँडामा पहिलो पटक चियाखेती सुरु, १५ रोपनी जग्गामा लगाईयो चिया

इच्छाकामना न्युज

२२, आषाढ २०८१
आँबुखैरेनी गाउँपालिकाद्वारा हिलेखर्कको बतासे डाँडामा पहिलो पटक चियाखेती सुरु, १५ रोपनी जग्गामा लगाईयो चिया
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले खोरीयामा चिया बगान बनाउन सुरु गरेको छ । ‘दिगो आर्थिक बिकास र आत्म निर्भर को लागि चिया’ भन्ने नाराका साथ गाँउपालिकाले आबुखैरेनी गाउँपालिका वडा न ६ हिलेखर्कको बतासे डाडामा चिया बगाउन बनाउन लागिएको हो ।

images
images

449170220_2881639098642301_3254298381195465241_n.jpg

ऑबुखैरेनी गाउँपालिकाको चालु आर्थिक वर्षको कृषि शाखा कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत रहेका जनशक्ति लाइ परिचालन गरी चियाको बेर्ना रोपिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । ‘चिया खेति सञ्चालन गरि दिगो आर्थिक बिकास गर्दै आत्म निर्भर को लागि गाउँपालिकाले चिया बगान स्थापना गर्न लागेको पालिका अध्यक्ष चुमानले बताए । पहिलो चरणमा बिहीबार करिब १५ रोपनी जग्गामा चार हजार दुई सय चियाको बेर्ना रोपिएको गाउँपालिकाले जनाएको छ । सो जग्गामा घुम्ती जातको चियाका विरुवा रोपिएको उपाध्यक्ष दुर्गा आर्यालले बताइन् ।

हैसीयत बिग्रेको जग्गालाई सदुपयोग नगदे बालीको रुपमा रहेको चिया खेतीलाई विस्तार गर्ने तयारी रहेको छ । पहिलो चरणमा नुवाकोटबाट चियाका बिरुवा ल्याएर बगान बनाउन लागिएको हो । यो कार्यक्रमबाट पर्यटीकय क्षेत्रको हिलेखर्कको पर्यापर्यटन विकासमा समेत मद्दत पुग्ने गाउँपालिकाले जनाएको छ ।

449734524_2881639231975621_8047981867509287393_n.jpg

नेपालमा चिया खेतीको शुरुवात आजभन्दा १५४ वर्ष अघिदेखि भएको भएता पनि कृषकस्तरमा यसको खेती वि।सं। २०३५ सालदेखि भएको हो । नेपालमा व्यवसायिक चिया खेती मुख्यतः पूर्वाञ्चलका केहि जिल्लाहरूमा भएको भएता पनि हालका वर्षहरूमा मध्यमाञ्चलका पहाडी जिल्लाहरूमा पनि साना कृषकस्तरमा यसको बिस्तार भइरहेको छ ।

चिया नेपालको एक प्रमुख निर्यातजन्य कृषि उपज भएको र नेपालको पहाडी भूभागको जलवायु उच्च गुणस्तरको अर्थोडक्स चियाको लागि निकै उपयुक्त भएको परिप्रेक्ष्यमा नेपालमा थप क्षेत्रफलको बिस्तार गरी निर्यातको प्रशस्त सम्भावना भएको र यसबाट थप रोजगारी सिर्जना गर्न सकिने अवस्था रहेको छ ।

449791870_2881639345308943_2296688875035099323_n.jpg

नेपालको निर्यातजन्य चिया अर्थोडक्स चिया हो र यसको निर्यात भारत, अमेरिका, नेदरल्याण्ड, जर्मनी र जापानमा हुन्छ ।

नेपालमा उत्पादन हुने अर्थोडक्स चियाको करिब ९५ प्रतिशत विदेश निर्यात हुने गरेको छ ।

images
प्रकाशित मिति :आषाढ २२, २०८१ शुक्रवार - ०९:४७:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology