Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी गाउँपालिकाको बेरुजु रकमको दर प्रतिशतमा घट्यो, रकममा बढ्यो

आँबुखैरेनी गाउँपालिकाको बेरुजु रकमको दर प्रतिशतमा घट्यो, रकममा बढ्यो

इच्छाकामना न्युज

१५, जेठ २०८१
आँबुखैरेनी गाउँपालिकाको बेरुजु रकमको दर प्रतिशतमा घट्यो, रकममा बढ्यो
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा बेरुजु रकमको दर अघिल्लो आर्थिक वर्षमा भन्दा पछिल्लो आर्थिक वर्षमा प्रतिशतको हिसाबले घटेको छ भने रकमको हिसाबले बढेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं प्रतिवेदन अनुसार पछिल्लो आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षणमा गाउँपालिकाको बेरुजु रकम अघिल्लो आर्थिक वर्षमा भन्दा प्रतिशतको हिसाबले घटेको तथा रकमको हिसाबले बढेको देखिएको हो । 

images
images

महालेखाको प्रतिवेदन अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० मा १ अर्ब २१ करोड ९ लाख ६६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.७१ प्रतिशत अर्थात ८५ लाख ८६ हजार रुपैयाँ बेरुजु देखाएको हो । यो रकम अघिल्लो आर्थिक वर्ष २०७८।०७९ मा ८९ करोड ८ लाख ९६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.९ प्रतिशत अर्थात ७९ लाख ९० हजार थियो । जसअनुसार अघिल्लो आवमा भन्दा पछिल्लो आवमा ५ लाख ९६ हजार रुपैयाँ रकम बढि बेरुजु देखिएको छ भने प्रतिशतको हिसाबले ०.१९ प्रतिशतले घटेको देखिएको छ ।

प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षमा जिल्लाको १० पालिका मध्य कम बेरुजु हुनेमा आँबुखैरेनी दोस्रोे स्थानमा थियो भने यो वर्ष तेस्रो स्थानमा देखिएको छ । जिल्लामा सबैभन्दा कम बेरुजु म्याग्दे गाउँपालिकामा देखिएको छ भने सबैभन्दा बढि देवघाट गाउँपालिकामा देखिएको छ ।

पछिल्लो आर्थिक वर्षको नतिजाप्रति प्रतिक्रिया दिदै आगामी वर्ष बेरुजु घटाउने गरी काम गरिरहेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

images
प्रकाशित मिति :जेठ १५, २०८१ मंगलवार - ०९:०८:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology