बन्दीपुर । नेपाल बुलेट हाउसले काठमाडौं (बन्दीपुर रोयल इन्फिल्ड (बुलेट)मोटरसाइकल राइड आयोजना गरेको छ ।
शुक्रबार आन्तरिक पर्यटन प्रवर्द्धनका लागि काठमाडौँ देखि बन्दीपुर एकैसाथ करिव २५० वटा रोयल इन्फिल्ड ९बुलेट०मोटरसाइकल बन्दीपुर आइपुगेका छन्। ।
उक्त राइड काठमाडौंदेखि गण्डकी प्रदेशको पर्यटकीय नगरी तनहुँको बन्दीपुर सम्म रहेको छ ।
शुक्रबार बन्दीपुरमा बिभिन्न सास्कृतीक कार्यक्रम, फुड फेस्टिवल कार्यक्रम हुँदैछ । कार्यक्रममा गायक जेम्स प्रधान कमेडियन आदर्श मिश्र लगायतको प्रस्तुती समेत रहनेछ ।
बन्दीपुर गाउँपालिका तनहुँ संरक्षक रही आयोजना भएको कार्यक्रम उद्योग वाणिज्य संघ बन्दीपुर बजार ईकाई, पर्यटन विकास समिति, क्षेत्रिय होटल सङ्घ र रेवानले सहजिकरण गरेका छन ।
उक्त कार्यक्रमले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुगेको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताएका छन्। बन्दीपुर गाउँपालिकाले यस अघि घुम्न जाउँ है बन्दीपुर कार्यक्रम अन्तर्गत देशका विभिन्न सहरहरूमा पर्यटकहरूलाई घुम्न आउनको लागि निमन्त्रणा समेत दिएको थियो।