कुरिनटार । चितवनको इच्छाकामनाा गाउँपालिकाले इच्छाकामनाभित्र सहकारीहरुका ऋणीहरुलाई समयमै सवाँ व्याज र किस्ता तिर्न आग्रह गरेका छन् । गाउँपालिकाले एक सुचना जारी गर्दै पछिलो समय सहकारीबाट लिएको ऋण तिर्न पर्दैन र नतिर्ने भन्ने जस्ता वित्तिय अराजकताहरु सम्बन्धित विषयहरु गाउँपालिकामा प्राप्त भएको भन्दै इच्छाकामना गाउँपालिकाले सो हल्लापछि नलाग्न र समयमै ऋण तिर्न आग्रह गरेका हुन् ।
सरोकारवाला ऋण तिर्न नपर्ने वा नतिर्ने कल्पना गरेको भएमा त्यो आफैका लागि प्रत्युपादक हुने र त्यस्ता गतिविधि नियन्त्रण गर्न इच्छाकामना गाउँपालिकालेहदैसम्म कठोर कानुनी कारबाही गरिने सुचनामा स्पष्ट पारेको छ ।
यस अघि इच्छाकामनाका सहकारी सञ्जालले ऋण असुलका लागि सहजीकरण गरिदिनका लागि गाउँपालिकामा ज्ञापनपत्र बुझाएका थिए ।
