Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्राइम बहुउद्देश्यीय सहकारीका पक्राउ परेका अध्यक्ष तथा सल्लाहकारहरुको नेटवर्क खोज्दै

प्राइम बहुउद्देश्यीय सहकारीका पक्राउ परेका अध्यक्ष तथा सल्लाहकारहरुको नेटवर्क खोज्दै

प्राइम बहुउद्देश्यीय सहकारीका पक्राउ परेका अध्यक्ष तथा सल्लाहकारहरुको नेटवर्क खोज्दै
images

पोखरा । प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले हिजो आठ जनालाई पक्राउ गरेको छ।

images
images

उक्त सहकारी पोखरा महानगरपालिका– ४ गैहपाटनस्थित क्षेत्रमा रहेको छ ।  प्राराम्भिक रिपोर्ट अनुसार बचतकर्ताको करिब एक अर्ब ५४ करोड १५ लाख आठ हजार एक सय ४२ अपचलन गरेको देखिएको छ । 

सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अनुसार उक्त सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको रु एक अर्ब ५४ करोड १५ लाख आठ हजार एक सय ४२ अपचलन गरेको हो । 

सहकारीका सञ्चालक समितिका पदाधिकारी समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको उजुरीपछि कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरीले सहकारीका बचतकर्तालाई सार्वजनिक सूचनामार्फत उजुरीको आह्वान गरेको छ । आगामी जेठ २० गतेभित्र आफ्नो बचतको प्रमाण खुल्ने कागजातसहित उजुरी दिन प्रहरीले आग्रह गरेको छ । पक्राउ परेका व्यक्तिहरुको आफन्त तथा सहकारीकै अन्य व्यक्तिहरुको नेटवर्क प्रहरीले खोजेको छ । 

पक्राउ परेकाहरुलाई अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए । 

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष पोखरा-१४ चाउथेका ४३ वर्षीय शङ्कर कार्की, निर्वतमान अध्यक्ष पोखरा-४ गैहपाटनका  ६६ वर्षीय निदेशप्रसाद कोइराला, सहकारीका व्यवस्थापक पोखरा-११ का निरु थापा केसी, कर्मचारी प्रमुख पोखरा-२७ अर्चलेका ३७ वर्षीय सुरेन्द्रमणि पौडेल रहेका छन् । 

यसैगरी सहकारीका कानुनी सल्लाहकार पोखरा-१३ का ५३ वर्षीय इन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष पोखरा-३० निवासी ५२ वर्षीय कुलदिप भट्टराई, कर्जा अधिकृत पोखरा(३० का ३० वर्षीय सुनिल थापा र शेयर सदस्य एवं सल्लाहकार पोखरा-८ का ६९ वर्षीय मानबहादुर गुरुङ रहेका छन् । 

सञ्चालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम अपचलन गरेको भनी सहकारी रजिष्ट्रारको कार्यालय पोखराको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रनाउ शर्माले बताए । 

सहकारी रजिष्ट्रारको कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी बचतकर्ताको रकम अपचलन तथा हिनामिनाका बारेमा सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गर्न आग्रह गरेको थियो ।

 

images
प्रकाशित मिति :जेठ २, २०८१ बुधवार - ०८:३५:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology