Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

बासमती नेपालको रैथाने धान भएको दाबीको प्रमाण नेपालले ईयूलाई पठायो

बासमती नेपालको रैथाने धान भएको दाबीको प्रमाण नेपालले ईयूलाई पठायो

images

इच्छाकामना न्युज

२४, माघ २०७७
बासमती नेपालको रैथाने धान भएको दाबीको प्रमाण नेपालले ईयूलाई पठायो
images

काठमाडौं, २४ माघ नेपालले बासमती धान नेपालको हो भनी दाबी गरेको विषयमा आफ्नो प्रमाण युरोपेली सङ्घ (ईयू)लाई पठाएको छ । भारत र पाकिस्तानले बासमती धान आफ्नो देशको हो भन्दै आधिकारिकताका लागि ईयूमा दाबी पेस गरेपछि नेपालले पनि सो धान आफ्नो देशको हो भनी डिसेम्बर ९ मा दाबीसहितको पत्र दर्ता गराएको थियो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले बिहीबार नेपालको प्रमाण ईयूलाई पठाएको हो ।

बासमती धानका लागि तीन देशबाट दाबी आएपछि ईयूले तीनवटै देशलाई फेब्रुअरीको पहिलो हप्ताभित्र आआफ्नो प्रमाण पेस गर्न भनेको थियो । त्यसअनुसार नेपालले प्रमाण जुुटाएर पठाएको हो । नेपालले १३ बुँदामा आफ्नो दाबी प्रस्तुुत गरेको छ । ती १३ बुँदे दाबीलाई पुष्टि गर्न ८० वटा प्रमाण पेस गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) राष्ट्रिय जिन बैङ्कका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीले जानकारी दिनुुभयो ।

वैज्ञानिक जोशीको नेतृत्वमा बासमती धानबारे अध्ययन गर्न अध्ययन समिति बनेको थियो । सो समितिले एक महिना लगाएर अध्ययन गरेर प्रमाण पेस गरेको वैज्ञानिक जोशीले बताउनुुभयो । सन् १९६० देखिका प्रमाणबारे हामीले अध्ययन गरेका छौँ, उहाँले भन्नुुभयो, “त्यो बेलादेखि नै बासमती धानका लागि नेपालमा अनुसन्धान भएका छन् । त्यतिबेला देखिका डकुुमेन्ट तथा गोरखापत्र अध्ययन गरेर प्रमाण जुुटाएका छौँ । ”

लुुम्बिनीमा गएर त्यहाँका किसानसँग कुराकानी गर्नुका साथै विभिन्न पुराना व्यक्तिसँग पनि कुराकानी गरिएको वैज्ञानिक जोशीले बताउनुुभयो । सांस्कृतिक, आर्थिक, समाजिक तथा साङ्गीतिक रूपमा पनि बासमतीबारे अध्ययन गरेको बताउँदै उहाँले बासमती नेपालको भन्ने पर्याप्त प्रमाण पठाएको बताउनुुभयो । भारतले पनि आफ्नो प्रतिवेदनमा बासमती धानको उत्पादन नेपालको तराईबाट भएको उल्लेख गरेको छ । त्यसले गर्दा नेपालको दाबी नै पुष्टि हुने वैज्ञानिक जोशीले बताउनुुभयो ।

भारतका पनि विभिन्न स्रोत तथा प्रमाण आफूूहरूले अध्ययन गरेका आधारमा बासमती धानको उत्पत्ति नेपाल रहेको कुरा पुष्टि भएको उहाँले दाबी गर्नुभयो ।
बासमती धानका चारवटा जात राजपत्रमा नै प्रकाशित भएका छन् भने अन्तर्राष्ट्रिय जिन बैङ्कमा नेपालमा ६४ वटा बासमती धानका जात रहेका छन् । तिनलाई १०–१५ वटा देशले प्रयोगमा ल्याइरहेका छन् । नेपालको जिन बैङ्कमा बासमती धानका विभिन्न २६ वटा जात रहेका छन् । त्यसले जातका हिसाबले पनि अरू देशको तुलनामा धनी रहेको उहाँले बताउनुुभयो ।

नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बासमती नामको चामल नेपालकै हो भनी यथेष्ट प्रमाण आफूूहरूसँग रहेको दाबी गर्नुभयो । उहाँले भन्नुुभयो, “हामीले बासमती धान हाम्रो हो भनी पौराणिक दस्तावेज, भिडियो, फोटो, गीतलगायतका सामग्री प्रमाणका रूपमा पठाएका छौँ, जुन प्रमाणका रूपमा पर्याप्त छ । ”

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - ११:२१:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology