भारत सरकारका कृषि मन्त्री नरेन्द्र सिंह तोमरले कृषि सम्बन्धी कानून संशोधन गर्न तयार रहेको बताउनु भएको छ । आज राज्यसभामा सम्बोधन गर्दै मन्त्री तमोरले कृषि कानूनलाई लिएर विवाद गर्नु पर्ने कुनै कारण नभएको दावी गर्नुभएको छ ।
उहाँले कानूनमा कुनै किसिमको गल्ति नभएको र किसानहरुसँग बिगत २ महिनादेखि कानूनमा भएको गल्ति खोजिरहेको बताउनु भएको छ । किसानले जारी गरेको आन्दोलनको पक्षमा उभिएको भन्दै मन्त्री तोमरले विपक्षी दल काँग्रेसलाई धन्यवाद दिनु भएको छ । कृषि कानूनले किसानहरुको जमिन खोसिदिन्छ भनेर गलत हल्ला फैलाइएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नु भएको छ ।