Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आन्दोलनमा प्रहरीसँगको झडपमा परि पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भिर चोट लाग्यो

आन्दोलनमा प्रहरीसँगको झडपमा परि पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भिर चोट लाग्यो

इच्छाकामना न्युज

२२, माघ २०७७
आन्दोलनमा प्रहरीसँगको झडपमा परि पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भिर चोट लाग्यो
images

जनकपुर, २२ माघ । आमहड्तालका क्रममा प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादव गम्भीर घाइते भएका छन् ।

images
images

आमहड्ताल सफल गराउन बजार बन्द गराउने क्रममा जनकपुरस्थित शीवचोकमा प्रहरी र यादव समूहबीच झडप भएको थियो । झडपका क्रममा पूर्वमन्त्री यादवको अण्डकोषमा चोट लागेको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले जानकारी दिए ।

प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि यादवलाई काठमाडौं पठाइएको छ ।

नेकपा स्थायी समिति सदस्य रामचन्द्र झा, सहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहको टाउको एवं शरीरका अन्य भागमा चोट देखिएपछि प्रादेशिक अस्पतालमा उपचार पश्चात काठमाडौं पठाइएको अस्पतालका मेसु डा. यादवले बताए ।

images
प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - २१:०३:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology