Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तरकारीको भाउ अचाक्ली बढ्यो, अधिकांशको मुल्य सय भन्दा माथि

तरकारीको भाउ अचाक्ली बढ्यो, अधिकांशको मुल्य सय भन्दा माथि

पत्रपत्रिका

२१, आश्विन २०७७
तरकारीको भाउ अचाक्ली बढ्यो, अधिकांशको मुल्य सय भन्दा माथि
images

काठमाण्डौ, २१ असोज । कोभिड–१९ का कारण रोजगारी र आम्दानी गुमिरहेका बेला आम उपभोक्तालाई अर्को पिरलो थपिएको छ।

images
images

कोभिडबाट जोगिन शक्तिवद्र्धक तरकारी तथा फलफूल खानुपर्छ। तर भाउ अचाक्ली बढेपछि न्यून आम्दानी हुनेले दिनहुँ तरकारी किनेर खान कठिन भएको छ। अहिले बजारमा अधिकांश तरकारीको भाउ किलोको सय रुपैयाँमाथि पुगेको छ। कोभिड–१९ का कारण पर्याप्त उत्पादन नहुँदा तरकारीको मूल्य एक महिनामै तीन सय प्रतिशतसम्म बढेको हो। वर्षा सकिएर हिउँदे तरकारी उत्पादन हुने सिजन सुरु भए पनि अधिकांश तरकारीको मूल्य बढेपछि उपभोक्ता चिन्तित छन्।

कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार गत भदौ २० गते २८ रुपैयाँ किलोमा बिक्री भएको घिरौंलाको मूल्य तीन सय १० प्रतिशत बढेर मंगलबार एक सय १५ रुपैयाँ किलो पुगेको छ। हरेक दिन भान्सामा प्रयोग हुने प्याजको भाउ ५१ रुपैयाँ किलोबाट बढेर एक सय १५ पुगेको छ भने आलुको मूल्य एक सय पाँच रुपैयाँ छ। काउली एक सय १५ रुपैयाँ किलो, रायो साग सय, बोडी एक सय १०, हरियो प्याज एक सय ५५, गान्टे मूला सय, घिउ सिमीको मूल्य एक सय १० र भिन्डीको एक सय पाँच रुपैयाँ छ।

हरियो धनियाको मूल्य किलोको दुई सय २५, लसुन दुई सय ५५, हरियो खुर्सानी एक सय १५ रुपैयाँ किलो रहेको छ। खुर्सानीको भाउ एक सय नौ प्रतिशत, लसुनको भाउ एक सय चार प्रतिशत, धनियाको भाउ ५५ प्रतिशतले बढेको छ। तिते करेला ३३ रुपैयाँ किलोबाट एक सय ५८ प्रतिशत बढेर ८५ रुपैयाँ, लौकाको मूल्य ४२ बाट ६७, परवल ६८ बाट बढेर एक सय १५, गाजरको मूल्य ५२ बाट ९८ रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ। खुद्रा बजारमा पुग्दा तरकारीको मूल्य अझै धेरै पुग्छ।

तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले उत्पादन घटेर उपत्यकामा कम तरकारी आएकाले भाउ महँगो भएको बताए। ‘तराईबाट तरकारी आएको छैन,’ घिमिरेले भने, ‘काठमाडौं आसपासको उत्पादनले नपुगेपछि महँगो भयो।’ घिमिरेका अनुसार कालीमाटीमा विगतमा दैनिक सातआठ सय टन तरकारी आउने गरेकोमा अहिले पाँच सय टनमात्र आयात भएको छ। उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - ०७:४५:५० बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology