कुरिनटार । चितवनको इच्छाकामनामा इच्छाकामना मोवाइल व्यवसायी संघ गठन गरिएको छ । मुग्लिनमा सम्पन्न भेलाले इच्छाकामना मोवाइल एण्ड विजुली पसल कुरिनटारका प्रोप्राइटर प्रकाश लामिछानेको अध्यक्षतामा समिति गठन गरिएको हो ।
संघको उपाध्यक्षमा राजु गुरुङ, सचिवमा विकल्प गुरुङ र कोषाध्यक्षमा रञ्जित श्रीवास्तव चयन भएका छन् ।
मोवाइल व्यवसायी महासंघका केन्द्रिय सदस्य दीपक प्रसाइको प्रमुख अतिथि तथा चितवन मोवाइल व्यवसायी संघका निवर्तमान अध्यक्ष प्रकाश अर्यालको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।