Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

झण्डै एक दशक पछि उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो आँबुखैरेनी महोत्सव हुने

झण्डै एक दशक पछि उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो आँबुखैरेनी महोत्सव हुने

महोत्सव फागुन १० देखि संचालन हुने

images

इच्छाकामना न्युज

२३, माघ २०८०
झण्डै एक दशक पछि उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो आँबुखैरेनी महोत्सव हुने
images

आँबुखैरेनी । पहिलो महोत्सव भएको झण्डै एक दशकपछि दोस्रो आँबुखैरेनी महोत्सव हुने भएको छ । तनहूँ उद्योग वाणिज्य संघ आँबुखैरनी इकाइ समितिको आयोजनामा फागुन १० गतेदेखि महोत्सव हुन लागेको हो । २०७१ सालमा प्रथम आँबूखैरेनी महोत्सव भएको थियो । त्यसयता बिभिन्न कारणले महोत्सवलाई निरन्तरता दिन नसकेको बताउँदै इकाइले करिव दश बर्ष पश्चात पुनः महोत्सव गर्न लागिएको जनाएको छ ।

सोमवार पत्रकार सम्मेलन गर्दै इकाइले यस पटकको नारा ‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवद्र्धन, स्थानीय कला र संस्कृतिको संरक्षण’ भन्ने रहेको जनाएको छ । सांस्कृतिक प्रद्धर्शनी, धार्मिक एवम ऐतिहासिक स्थलको अवलोकन, कृषि तथा पशु फार्म अवलोकन, उद्योग तथा विद्युत उत्पादन केन्द्रको अध्ययन अवलोकन महोत्सवका मुख्य आकर्षण रहेको इकाइका पूर्व अध्यक्ष कृष्णमान तामाङले बताए ।

त्यस्तै आँबुखैरेनीदेखि छिम्केश्वरीसम्मको दुई दिने प्याकेज भ्रमणको व्यवस्था समेत रहेको उनले जानकारी दिए । महोत्सवमा विभिन्न जातजातीहरूको संस्कृति, भेषभुषा, खानपानको प्रर्दशनीसँगै विविध लोक साँस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता समेत हुने बताइएको छ । लोकसंस्कृतीको जर्गेनासँगै पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ ।

‘यहाँ रहेका ऐतिहासिक सम्पदा र पर्यटकीय स्थलहरु जस्तै छिम्केश्वरी, ऑधिमूल र मस्र्याङ्दी जलाशयमा जलक्रीडा, ऐना पहरा आदिको व्यापक प्रचार प्रसार गरी आँबूखैरेनीको आर्थिक उन्नतिमा टेवा पु¥याउने लक्ष्य समेत लिएका छाँै’, तामाङले भने । आयोजकका अनुसार महोत्सवमा १ सय ७५ वटा स्टल रहने छन् । ७५ हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ । माहेत्सवबाट ४१ लाख आम्दानी गर्ने लक्ष्य लिइएको छ ।

महोत्सवमा करिब ४ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । टिकट शुल्क सर्वसाधरणका लागी ८०, विद्यार्थीको हकमा ५० रुपैया निर्धारण गरिएको छ । अपाङ्गता भएकाहरुलाई भने निःशुल्क प्रवेशको व्यवस्था हुने बताइएको छ ।

images
प्रकाशित मिति :माघ २३, २०८० मंगलवार - २०:३९:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology