Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनामा चेम्बर अफ कमर्सको नयाँ सदस्यता विस्तार अभियान सुरु

इच्छाकामनामा चेम्बर अफ कमर्सको नयाँ सदस्यता विस्तार अभियान सुरु

images
इच्छाकामनामा चेम्बर अफ कमर्सको नयाँ सदस्यता विस्तार अभियान सुरु
images

कुरिनटार । व्यवसायीहरुको साझा संस्थाको रुपमा स्थापित चितवन चेम्बर अफ कमर्सले चितवनको इच्छाकामना गाउँपालिकामा नयाँ सदस्यता विस्तार अभियान सुरु गरेको छ । कमर्सको इच्छाकामना इकाइ समितिको नेतृत्वमा शनिबारदेखि सदस्यता विस्तार अभियान सुरु गरेको हो । सदस्यता विस्तार अभियानको पहिलो दिन मौवाखोला, फिस्लिङ र चुम्लिङटारका व्यवसायीहरुलाई सदस्य बनाइएको छ। 

चेम्बरले केहि समय पहिले लम्साल सपिङ कम्प्लेक्सका सञ्चालक अश्मिन कुमार लम्सालको अध्यक्षतामा चेम्बर अफ कमर्स इच्छाकामना इकाई समिति गठन गरेको थियो । सोही समितिलाई गाउँपालिकाले सूचिकृत गरेसँगै चेम्बर इच्छाकामनाले नयाँ सदस्यता विस्तार अभियान सुरु गरेको चेम्बर अफ कमर्स इच्छाकामना इकाई समितिका अध्यक्ष अश्मिन कुमार लम्सालले जानकारी दिए । सदस्यता विस्तारको क्रममा इच्छाकामनामा सञ्चालित होटल, मेडिकल, किराना, कृषि, अटो वर्कशप, लगायत कुनैपनि व्यवसायीहरु चेम्बर अफ कमर्समा आवद्ध हुन सक्ने उनले बताए ।

अध्यक्ष लम्सालका अनुसार इच्छाकामना गाउँपालिका भरीका सम्पूर्ण व्यवसायीहरुलाई सदस्य बनाई आगामी ६ महिना भित्र चेम्बर अफ कमर्स इच्छाकामना इकाई समितिको प्रथम अधिवेशन आयोजना गरिनेछ । साथै सोही अधिवेशनले नयाँ कार्यसमिति चयन गरिने पनि उनले बताए ।

images
प्रकाशित मिति :माघ ७, २०८० आइतवार - १०:३५:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology