देवघाट, २० असोज । तनहुँको देवघाट गाउँपालिका १ मा तीन दिने गाई भैँसी पालन तालिम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनमा असोज १८ गते सञ्चालित तालिम आज समापन भएको हो।

तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गाउँपालिका अध्यक्ष दुर्गा बहादुर थापाले गर्नुभयो। तालिम समापन कार्यक्रमलाई सम्बोन्धन गर्दै अध्यक्ष थापाले कोरोना प्रभावका कारण रोजगार गुमाएका गाउँपालिकाका युवाहरुलाई अब कृषि कर्ममा लाग्न अनुरोध गर्नुभयो। कृषि मार्फत गाउँपालिकाको समृद्धि र विकाशमा योगदान पु¥याउन सकिने हुनाले बेरोजगार सबै युवाहरु अब कृषि कर्ममा लाग्नुपर्ने उहाँले बताउनुभयो। ‘त्यसका लागि आवश्यक पर्ने सबै कुरामा सहयोग गर्न गाउँपालिका तयार छ’ –उहाँले भन्नुभयो।

३ दिनसम्म चलेको उक्त तालिममा २३ जनाले सहभागिता जनाएका थिए। तालिमको समापन कार्यक्रम देवघाट गाउँपालिका १ नं. वडाका वडाध्यक्ष भिम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने समापन कार्यक्रममा कार्यपालिका सदस्य चन्द्रप्रकाश बिक, वडा सदस्य नानुमाया बिक, बगमाया गुरुङ, सुन्दर भुजेल, मन बहादुर गुरुङ, देवघाट गाउँपालिका इन्जिनियर प्रमुख तिर्थराज ढुंगाना, देवघाट गाउँपालिका पशु शाखा प्रमुख पुर्णचन्द्र अधिकारि र देवघाट गाउँपालिका सव डिभिजन वन कार्यालय प्रमुख नवराज घिमिरे लगाएतको उपस्थिति रहेको थियो।

यसैबिच कार्यक्रममा विशेष अतिथि समेत रहनुभएका देवघाट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी सापकोटालाई स्थानीयले स–सम्मान स्वागत समेत गरेका थिए। भर्खरै देवघाट सरुवा भएर आउनुभएका प्रमुख प्रशासकिय अधिकृत सापकोटा पहिलो पटक देवघाट १ मा पुग्नुभएको अवसर पारेर स्थानीयले स–सम्मान स्वागत गरेका हुन्।
