आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ मा मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भगवानदास मल्लको सभापतित्व तथा गण्डकी प्रदेश सभा सदस्य एवं पुर्वमन्त्री हरि बहादुर चुमानको प्रमुख आथित्यतामा सहकारीको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा सहकारीका अध्यक्ष भगवानदास मल्लले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुहुदै अध्यक्ष मल्लले आर्थिक बर्ष ०७९।०८० सम्म संस्थाको शेयर पुजी तर्फ ५ करोड २७ लाख ३ हजार ३ सय रुपैयाँ, बचत (निक्षेप) तर्फ ३८ करोड ३५ लाख ३२ लाख ३ सय २१ रुपैयाँ ९ पैसा, ऋण लगानी तर्फ ३४ करोड ७३ लाख २६ हजार १ सय ४३ रुपैयाँ, संस्थागत पुजी तर्फ ४ करोड ३१ लाख ५१ हजार २४ रुपैयाँ ५५ पैसा, तरलतातर्फ ११ करोड ३५ लाख १२ हजार २ सय १ रुपैयाँ ३७ पैसा रहेको र सहकारीले आर्थिक बर्ष ०७९।०८० सम्म १ करोड २३ लाख ६६ हजार ७ सय ७९ रुपैयाँ ४५ पैसा मुनाफा गर्न सफल भएको जानकारी गराउनुभएको छ।
सहकारीको आफ्नै सभाहलमा सम्पन्न साधारणसभामा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य एवं पुर्वमन्त्री हरि बहादुर चुमान, बिशेष अतिथि आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, मनकामना माई बहुउद्देश्यीय सहकारीका अध्यक्ष भगवानदास मल्ल, तनहुँ जिल्ला सहकारी संघका सदस्य रत्नकुमार श्रेष्ठ, आँबुखैरेनी गाउँपालिका ३ का वडा सदस्य मनोज कुमार श्रेष्ठ, आँबुखैरेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनिल श्रेष्ठ, सहकारीका उपाध्यक्ष तुल नारायण श्रेष्ठ, सहकारीका सचिब उपेन्द्र देवकोटा लगाएतले मन्तव्य राखेका थिए ।
साधारणसभा कार्यक्रममा सहकारीले ८ जना उत्कृष्ट बचतकर्ता, गाउँपालिका भित्रका सामुदायिक विधालयमा अध्ययन गर्ने ६ जना विधार्थी र सेयर सदस्यका छोराछोराछोरीबाट एसईईमा उत्कृष्ट अंक ल्याउने १ जना बिद्यार्थीलाई सम्मान गरिएको सहकारीले जनाएको छ ।