Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको खैरहनीमा ४८३ महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण

चितवनको खैरहनीमा ४८३ महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण

इच्छाकामना न्युज

२०, पौष २०८०
चितवनको खैरहनीमा ४८३ महिलाको पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण
images

चितवन । खैरहनी नगरपालिकामा ४८३ जना महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । खैरहनीको विभिन्न ४ स्थानमा सञ्चालन भएको शिविरमा ४८३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्या लगातय प्रजनन स्वास्थ्य सम्बन्धि परीक्षण गरिएको हो ।

images
images

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा ४ दिनसम्म खैरहनीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गरेकामध्ये ३ जनामा पाठेघरको मुखको क्यान्सर र २ जनामा स्तन क्यान्सरको आशंका गरिएको खैरहनी नगरपालिकाकी अस्पताल नर्सिङ निरिक्षक तथा स्वास्थ्य शिविरको फोकल पर्सन विनिता पौडेलले जानकारी दिइन् ।

शंकास्पद क्यान्सर देखिएकाहरुलाई थप परिक्षणको लागि विपी कोइराला क्यान्सर अस्पताल रिफर गरिएको पौडेलले बताइन् । त्यस्तै शिविरमा २ जनामा आङ खस्ने देखिएको र उनीहरुमा रिङ पेसरी राखेर समस्या व्यवस्थापन गरिएको छ ।

परीक्षणको क्रममा पछि गएर पाठेघरको मुखको क्यान्सर हुन सक्ने भाइरस देखिएको (भिआए परिक्षण पोजेटिभ) ४ जनामध्ये १ जनालाई थर्मोकोअगुलेसन प्रविधिबाट सेक्ने काम भएको उनले बताइन् । खैरहनी नगरपालिकाले चैनपुर स्वास्थ्य चौकी, कठार स्वास्थ्य चौकी, कुमरोज स्वास्थ्य चौकी र खैरहनी ९ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरेको थियो ।

images
प्रकाशित मिति :पौष २०, २०८० शुक्रवार - ०८:५७:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology