Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्ये ल्हु संघ चितवनको ‘जनगणनामा वोन धर्म लेखौ’ अभियान जारी, आज चितवनको स्याङदीमा सम्पन्न 

प्ये ल्हु संघ चितवनको ‘जनगणनामा वोन धर्म लेखौ’ अभियान जारी, आज चितवनको स्याङदीमा सम्पन्न 

images

इच्छाकामना न्युज

१७, माघ २०७७
प्ये ल्हु संघ चितवनको ‘जनगणनामा वोन धर्म लेखौ’ अभियान जारी, आज चितवनको स्याङदीमा सम्पन्न 
images

चितवन, १७ माघ । राष्ट्रिय जनगणनामा गुरुङको मौलिक धर्म बोन लेख्न र लेखाउन तमु प्ये ल्हु संघ चितवनले थालेको अभियान जारी रहेको छ। केहि महिना अघिदेखि चितवनको माडिबाट सुरु गरिएको अभियान आज इच्छाकामना गाउँपालिका ७ स्थित स्याङदी गाउँमा पुगेको छ। 

144086392_877135723053110_4818874513297861286_n.jpg
राष्ट्रिय जनगणनाको मिति नजिकिएसँगै संघले चितवनको गाउँगाउँमा सो अभियानलाई तीव्र रुपमा सञ्चालन गरिरहेको छ। सो क्रममा संघले आज स्याङ्दीमा एक कार्यक्रमको आयोजना गरि गाउँका गुरुङ समुदायलाई गुरुङहरुको मौलिक धर्म संस्कार संस्कृति बारे प्रशिक्षण दिएको छ। स्याङदीमा आयोजित कार्यक्रममा संघ अध्यक्ष जगत बहादुर गुरुङ, वरिष्ठ सल्लाहकार भिम बहादुर गुरुङ, सचिव बिक्रम गुरुङ, सह–कोषाध्यक्ष पदम बहादुर गुरुङ,सदस्य चित्र बहादुर गुरुङ लगायतको सहभागीता रहेको थियो
संघले अभियान लिएर गाउँगाउँ पुग्ने क्रममा अहिलेसम्म चितवनका झण्डै एक दर्जन गुरुङ गाउँमा पुगिसकेको संघका सचिव बिक्रम गुरुङले जानकारी दिनुभयो। 

images
प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - २०:३०:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology