Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

किसानले उत्पादन गरेको तरकारी बिक्री नभए गाउँपालिकाले जिम्मा लिने भएपछि आँबुखैरेनीका किसान उत्साहित

किसानले उत्पादन गरेको तरकारी बिक्री नभए गाउँपालिकाले जिम्मा लिने भएपछि आँबुखैरेनीका किसान उत्साहित

रासस

१५, मंसिर २०८०
किसानले उत्पादन गरेको तरकारी बिक्री नभए गाउँपालिकाले जिम्मा लिने भएपछि आँबुखैरेनीका किसान उत्साहित
images

तनहुँ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीको लाब्दी भोटेस्वाँरामा उत्पादित साग र गुन्द्रुक स्थानीय बजारमा खपत हुँदै आएको छ ।

images
images

यस क्षेत्रमा उत्पादित साग र गुन्द्रुक स्थानीय आँबुखैरेनी बजारमा सहजै बिक्री हुँदै आएपछि यहाँका किसान खुशी भएका छन् । किसानले उत्पादन गरेका तरकारी बिक्री नभएमा गाउँपालिकाले जिम्मा लिने जनाएपछि यहाँका किसान व्यावसायिक उत्पादनमा लागेका हुन् ।

समुद्र सतहदेखि झन्डै दुई हजार मिटर उचाइमा रहेको यस ठाउँमा रैथाने अर्गानिक रायो साग खेती गरिएको हो । यस वडाका २० घरधुरीले झन्डै ३० रोपनी क्षेत्रफलमा साग खेती गरेका स्थानीय किसान आशिक गुरुङले जानकारी दिनुभयो । सागको प्रतिमुठा ५० र गुन्द्रुकको प्रतिमुठा एक सय रुपैयाँमा बिक्री गर्ने गरिएको छ । उपभोक्ताले यो मूल्यमा खुशी भएर लैजाने गरेका छन् ।

404476417_749074677235603_7384770726364017888_n.jpg

दैनिक दुईरतीन सय मुठा साग बिक्री हुँदै आएको किसानहरू बताउँछन् । गाउँपालिकाले बिक्री गर्न थालेपछि व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएका स्थानीय किसान एवम् वडा सदस्यसमेत रहनुभएका लक्ष्मण गुरुङले बताउनुभयो ।

आफूले यस वर्ष पाँच रोपनी बढी क्षेत्रफलमा साग खेती गरेर उत्पादन गरेसँगै बिक्रीको समस्या नरहेको उहाँले जानकारी दिनुभयो । शुरुमा आफ्नो परिवारका लागि खेती गर्ने गरिए पनि गाउँपालिकाले संरक्षण गर्ने भएपछि स्थानीय किसान उत्साहित भएर लागेका हुन् ।

झन्डै १५ दिनको अवधिमा एक लाख रुपैयाँ बढीको साग र गुन्द्रुक बिक्री गरिसकिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । उत्पादित साग दैनिक तरकारी पसलमा बिक्री गर्ने गरिए पनि हप्तामा एक दिन आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको हाटबजारमा बिक्री गर्न थालिएको छ । शुरुमा थोरै जग्गामा खेती गरिए पनि अहिले कृषिलाई प्रवर्द्धन गर्न व्यावसायिक रूपमा अघि बढाइएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

किसानले उत्पादन गरेका वस्तु स्थानीय जनप्रतिनिधिको समन्वयमा बजारसम्म पुर्‍याउन सहजीकरण हुँदै आएको छ । किसानले उत्पादन गरेका वस्तुले बजार पाएन भने गाउँपालिकाले जिम्मा लिने प्रतिबद्धता जनाएपछि किसान उत्साहित भएर उत्पादनमा लागेका आँबुखैरेनी कृषि शाखाका प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो ।

गाउँपालिकाले किसानलाई बिउमा अनुदानका साथै बजारमा बिक्री नभएको अवस्थामा आफूले जिम्मा लिने प्रबन्ध मिलाइएको छ । चिसो मौसममा गुन्द्रुक फाइदाजनक हुने भएकाले माग बढ्न थालेको छ । माग बढेपछि गुन्द्रुक बनाउन थालिएको छ । यहाँको गुन्द्रुक अमिलो र स्वादिष्ट हुने भएकाले अत्यधिक माग बढेको किसान बताउँछन् ।

स्थानीय किसानलाई उत्पादनसँग जोड्दै आयआर्जमा सबल बनाउने योजना अनुरूप ठाउँ र हावापानी सुहाउँदो खेतीलाई प्रवर्द्धन गर्दै आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :मंसिर १५, २०८० शुक्रवार - १९:२१:५० बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology