Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एक अर्ब लगानीमा बनिरहेको ‘सिद्धार्थ केबलकार’ सञ्चालन गर्ने तयारी, लुम्बिनीको एकाधिकार तोडिदै

एक अर्ब लगानीमा बनिरहेको ‘सिद्धार्थ केबलकार’ सञ्चालन गर्ने तयारी, लुम्बिनीको एकाधिकार तोडिदै

इच्छाकामना न्युज

१७, कार्तिक २०८०
एक अर्ब लगानीमा बनिरहेको ‘सिद्धार्थ केबलकार’ सञ्चालन गर्ने तयारी, लुम्बिनीको एकाधिकार तोडिदै
images

बुटवल । बुटवलदेखि पाल्पाको नुवाकोटगढीसम्म चल्ने सिद्धार्थ केबलकार मंसिरभित्रै सञ्चालनमा ल्याइने भएको छ। हाल बुटवलबाट बसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार सञ्चालनमा छ। 

images
images

मंसिरदेखि सिद्धार्थ केबलकार सञ्चालनमा आउने तयारी भएसंगै यी दुई केबलकारले यस क्षेत्रको आर्थिक एवं पर्यटकिय गतिविधि चलायमान गराउने अपेक्षा गरिएको छ।

सिद्धार्थ केबलकार प्रा.लीका अध्यक्ष राजेन्द्र सिंह गुरुङले अबको डेढ महिनाभित्रै केबलकार सञ्चालन गर्ने तयारी अनुसार अन्तिम चरणका कामहरू भइरहेको बताए।

‘योजना अनुसार निर्माणको काम सम्पन्न भएको भए दुई वर्षमा सम्पन्न हुने थियो। तर विविध कारण सम्पन्न हुन सकेन। अब रोपवे जडान गरेर परीक्षण गर्ने अन्तिम तयारीमा छौँ। तिहार लगत्तै सुरु गर्ने योजना बनाएका छौँ’ उनले भने।

सिद्धार्थ शिलान्यासको तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २०७७ फागुन ९ गते शिलान्यास गरेका थिए। शिलान्यास गर्दा २ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। 

केवलकारको अलवा त्यहाँ रिसोर्टसहितका अन्य पूर्वाधार निर्माण हुने प्रा.लीले जनाएको छ। यो परियोजनाको कुल लागत १ अर्ब रहेको छ। 

केबलकार सञ्चालन पछि बुटवलको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको प्रा.लिका अध्यक्ष गुरुङले बताए।

सिद्धार्थ र लुम्बिनी केबलकारको निर्माण सँगसँगै सुरु गरिएको थियो। तर चन्द्र ढकाल समूहले लुम्बिनी केबलकार द्रुत गतिमा निर्माण गरी सञ्चालनमा ल्याइसकेका छन्।

टिकट दर १ हजार तोकेपनि सुरुवातको चरणमा छुट भन्दै ७ सय कायम गरिएको छ। बेला बेला चाडपर्वको छुट भन्दै ५० प्रतिशत सम्म छुटमा लुम्बिनी केबलकारले टिकट विक्री गर्ने गरेको छ।

सिद्धार्थ केबलकार सञ्चालनमा आएपछि लुम्बिनी केबलकारको एकाधिकार तोडिने विश्वास छ। एक हजार टिकट दर कायम हुँदा चर्को विरोध भएपछि लुम्बिनी केबलकारले रकम घटाएको थियो। अब सिद्धार्थ केबलकार सञ्चालनमा आएमा यात्रुले बढिमा ५ सयमै केवलकारको यात्रा गर्न पाउनेछन्।

सिद्धार्थ केबलकारमा भने बुटवलकै ८० भन्दा बढि लगानीकर्ता छन्। देउराली डाँडादेखि दुई किलोमिटर केबलकारको सात मिनेटको यात्रापछि नुवाकोट पुग्न सकिने छ। यस केबलकारको निर्माणपछि प्रत्यक्ष रुपमा ६० जना र अप्रत्यक्ष रुपमा १ सय ५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने कम्पनीको दाबी छ।

बुटवल बजारको अवलोकन गर्दै हरियाली जंगलको माथीबाट गरिने केबलकारको यात्रामा प्राकृतिक दृश्यावलोकन समेत गर्न सकिने भएकाले पनि नुवाकोटमा सिद्धार्थ केबलकार सहजै सञ्चालन हुने प्रा.लीले बताएको छ।

अध्यक्ष गुरुङका अनुसार मणिमुकुन्द सेनको गृष्मकालीन दरबार रहेको नुवाकोट बुटवलदेखि नजिक रहेर पनि ओझेलमा परिरहेकोले केबलकारको संचालनपछि नुवाकोटको विकासमा समेत टेवा पुग्ने छ। 

२५ वटा गोण्डला रहेको केबलकारमा सुरुआतमा दैनिक ५ हजार यात्रु आवतजावत गर्ने र अधिकतम दैनिक १० हजार सम्म यात्रु बोक्न सक्ने छ । 

images
प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - ०९:००:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology