Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

दमौली अस्पतालको स्तरोन्नतिका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण

दमौली अस्पतालको स्तरोन्नतिका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण

images

इच्छाकामना न्युज

१७, कार्तिक २०८०
दमौली अस्पतालको स्तरोन्नतिका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण
images

दमौली । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पुनः ध्यानाकर्षण गराइएको छ। यसअघि पनि पटक–पटक मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएकामा आज मुख्यमन्त्री कार्यालयमै पुगेर अस्पतालको स्तरोन्नतिका विषयमा ध्यानाकर्षण गराइएको हो। 

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापा र अस्पताल प्रमुख डा परिवर्तन बरालको टोलीले मुख्यमन्त्री पाण्डेसँग अस्पतालको स्तरोन्नतिका विषयमा छलफल गरेको छ। छलफलमा प्रदेशका सामाजिक विकास स्वास्थ्यमन्त्री सुशीला सिङ्खडा, प्रमुख सचिव लक्ष्मीकुमार बस्नेत, मन्त्रालयका सचिव डा विनोदविन्दु शर्मासमेत सहभागी थिए। 
 
पन्ध्र शय्याको अस्पताल स्तरोन्नति अतिआवश्यक भएकाले प्रदेश सरकारको ध्यानाकर्षण गराइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताए। उनका अनुसार विसं २०५९ मा अस्पतालको रूपमा स्तरोन्नति भएको अस्पतालले दमौली मात्र नभई छिमेकी जिल्लाका बासिन्दालाई सेवा दिइरहेको छ। 
 
तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्यासँगै अस्पतालले उक्त शय्यामा सेवा दिने अवस्था छैन। अस्पतालको स्तरोन्नतिका लागि पटक–पटक प्रयास भए पनि त्यसले मूर्तरुप लिन नसकेको थापाको भनाइ छ। बढ्दो चापसँगै अस्पताललाई पचास शय्यामा विस्तार गर्नुपर्ने अवस्था रहेको थापाले बताए। 

अस्पताल विस्तारका लागि सङ्घीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गर्ने निर्णय भएको थियो। तर कार्यान्वयन नहुँदा विस्तार कार्य रोकिएको छ। 

विसं २०३४ मा स्वास्थ्यचौकीको रूपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल २०५९ सालमा अस्पतालको रूपमा स्तरोन्नति भएको थियो। अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, एनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसीयू कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधिकक्षलगायतका सेवा विस्तार भइसकेको छ।

साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ। अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलायसिस सेवासमेत प्रदान गर्दै आइरहेको छ। 

images
प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - ०८:५१:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology