प्रकाश मैनाली, सर्लाही, १५ माघ । उखु किसानलाई लाखौं रुपैयाँ नदिएर ठगी गरेको अभियोगमा काठमाडौंबाट पक्राउ परेका पश्चिम नवलपरासीमा इन्दिरा सुगर मिल र सर्लाहीमा अन्नपूर्ण सुगर मिल चिनी उद्योगका सञ्चालक रोकेश अग्रवाललाई आज सर्लाही ल्याईदैछ ।
पश्चिम नवलपरासी र जिल्ला अदालत सर्लाहीबाट ठगी मुद्दामा पक्राउपुर्जी जारी भएका अग्रवाललाई काठमाडौं प्रहरीले मंगलबार त्रिपुरेश्वरबाट पक्राउ गरिएको थियो । उखुको मूल्य माग्दै किसानहरुले प्रदर्शन गरेपछि गृह मन्त्रालयले उखु किसानलाई भुक्तानी नदिने उद्योगका सञ्चालकलाई पक्राउ गरेर रकम असुल गर्ने निर्णय गरेको थियो ।
त्यस पश्चात सर्लाहीमा किसानले अग्रवाल बिरुद्ध उजुरी दिएका थिए र त्यसैको आधारमा प्रहरीले अग्रवाललाई पक्राउ गरेर आज साँझसम्म ल्याई पु¥याउने जनाएको छ ।