Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

हेटौँडा-काठमाडौँ सडक पुससम्म निर्माण हुन्छ: मुख्यमन्त्री शालिकराम जम्कट्टेल

हेटौँडा-काठमाडौँ सडक पुससम्म निर्माण हुन्छ: मुख्यमन्त्री शालिकराम जम्कट्टेल

images

इच्छाकामना न्युज

१५, भाद्र २०८०
हेटौँडा-काठमाडौँ सडक पुससम्म निर्माण हुन्छ: मुख्यमन्त्री शालिकराम जम्कट्टेल
images

हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँको जोड्ने सडकको निर्माण चार महिनाभित्र पूरा हुने बताउनुभएको छ ।

हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडक पुसभित्र निर्माण सम्पन्न भइसक्ने उहाँले दाबी गर्नुभयो । प्रदेश राजधानी र सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको यस सडकखण्ड पहिरोको उच्च जोखिममा छ । जसका कारण सामान्य वर्षामा समेत पहिरोका कारण पटक–पटक सडक अबरुद्ध हुँदै आएको छ ।

मुख्यमन्त्री जम्मकट्टेलले निर्माणमा ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताउनुभयो । उहाँले समयमा नै काम सम्पन्न गराउनका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरिसकिएको बताउनुभयो । 

images
प्रकाशित मिति :भाद्र १५, २०८० शुक्रवार - २०:१६:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology