Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुरको पहाडी भेग जुगेडी–कुसुमटार–ढोडेनी सडकमा पर्ने खहरे खोलामा पक्की पुल निर्माण

भरतपुरको पहाडी भेग जुगेडी–कुसुमटार–ढोडेनी सडकमा पर्ने खहरे खोलामा पक्की पुल निर्माण

इच्छाकामना न्युज

१२, भाद्र २०८०
भरतपुरको पहाडी भेग जुगेडी–कुसुमटार–ढोडेनी सडकमा पर्ने खहरे खोलामा पक्की पुल निर्माण

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी–कुसुमटार–ढोडेनी सडकमा पर्ने खहरे खोला पक्की पुल निर्माण गरिएको छ । ३५ लाख रुपैयाँको लागतमा बनेको पुलको उद्घाटन आज (आइतवार)भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरिन् । उद्घाटन गर्दै मेयर दाहालले जनताको माग अनुसार आकस्मिक बजेट विनियोजन गरेर पुल निर्माण गरिएको जानकारी दिईन् ।

images

‘कार्यक्रममा आउँदा पुलको समस्या देखेँ । तपाइँहरुले पनि माग गर्नुभयो,’ दाहालले भनिन् ‘तपाईहरुको माग अनुसार बजेट विनियोजन गरेर काम अगाडि बढेका हौँ ।’ पुल निर्माणका काम डेढ बर्षअघि थालिएको हो । बाँकी ठाँउमा कालोपत्रे गर्दै जाने मेयर दाहालले बताईन् ।

पानी पर्दा खहरे खोला ठुलो हुन्छ । यस सडक प्रयोग गर्ने मानिसहरु पानी आउँदा वारीको वारी र पारीको पारी नै हुनुपर्ने अवस्था थियो । पुल बनेपछि स्थानीय समेत खुशी भएका छन् । स्थानीय गोरखबहादुर लामा पुल बने संगै हिड्न सहज भएको बताए ।

‘बाढी आउँदा पर्खेर बस्नु पर्दथ्यो, छोरा छोरी स्कुल जान पाउँदैनथे,’ उनले भने ‘पुल बनेपछि सहज भएको छ ।’ उनले खहरे खोला नजिकै रहेको कुशुम टार खोलामा पनि पुल निर्माण गर्न अनुरोध गरे ।

बलराम तामाङले कुशुम टार जाने बाटो निर्माण गरिदिन मेयर दाहाललाई आग्रह गरे । उद्घाटन कार्यक्रममा वडा नम्बर २९का अध्यक्ष सुर्य बहादुर गुरुङ सहित स्थानीयको समेत सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :भाद्र १२, २०८० मंगलवार - ०९:०३:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology