Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शिव शिखर सहकारीका सञ्चालकविरुद्ध संगठित ठगीको मुद्दा दायर

शिव शिखर सहकारीका सञ्चालकविरुद्ध संगठित ठगीको मुद्दा दायर

इच्छाकामना न्युज

११, भाद्र २०८०
शिव शिखर सहकारीका सञ्चालकविरुद्ध संगठित ठगीको मुद्दा दायर
images

काठमाडौं । सहकारी ठगीमा अहिलेसम्मकै ठूलो मानिएको शिव शिखर बहुद्देश्यीय सहकारीका सञ्चालकहरु विरुद्ध मुद्दा दायर गरिएको छ ।

images
images

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गरेको अनुसन्धान रिपोर्टको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा संगठित ठगीको मुद्दा दायर गरेको हो ।

सो सहकारीका सञ्चालकहरुबाट ७८ करोड विगो असुल गर्न तथा आठ वर्ष कैद सजाय गर्न मुद्दामा माग गरिएको छ । सहकारीमा आवद्ध एक हजार १ सय ४५ बचतकर्ताको ७८ करोड १९ लाख ६३ हजार २ सय १४ रुपैयाँ ठगी गरेको ठहर सीआइबीले गरेको थियो ।

सहकारीका अध्यक्ष केदारनाथ शर्मा, उनकी श्रीमती तथा शिखर अर्गनाइजेशनका निर्देशक गीता शर्मा, सहकारीको लेखा समितिका पदाधिकारी शिवप्रसाद पौड्याल, गार्डेन मार्टका प्रबन्धक तथा सहकारीको लेखा समितिका सदस्य रमेश खाइजु, सहकारीका प्रबन्धक तथा खाता सञ्चालक रसना शाक्य, शिखर अर्गनाइजेशनका मेनेजर पुस्कर मल्ल, संस्थाको सञ्चालक समितिका सदस्य अमिश राजभण्डारीलाई प्रतिवादी बनाइएको छ ।

यस्तै, शिखर बहुउदेश्यीय सहकारी संस्था भक्तपुरका अध्यक्ष सुशील बानियाँ, सचिव तथा गोरखा टि एण्ड कफिका अध्यक्ष तेज बहादुर तामाङ, सहकारीका सदस्य राजु शाखकर्मी, सञ्चालक दिपक बहादुर ऐर, सहकारीका व्यवस्थापक लिलानाथ गौतम, शिखर सहकारीका उपाध्यक्ष भोजराज पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।

यस्तै, सो सहकारीको कौशलटार शाखाका प्रबन्धक तथा न्यूरोड सेवा केन्द्रका सञ्चालक सुदर्शन कपाली, शिखर टोवाको ईन्डष्ट्रिजका सञ्चालक प्रदिप भट्टराई, सहकारीका ऋण अधिकृत त्रिचन्द्र सुवेदी, लेखासुपरिवेक्षण समितिका सदस्य कुमार श्रेष्ठ, लेखा अधिकृत शमिना श्रेष्ठ र ऋण अधिकृत बालकमुकुन्दू कपालीलाई पनि प्रतिवादी बनाइएको छ ।

मुद्दा दायर गरिएका मध्ये १२ जना फरार रहेका छन् भने अन्य पक्राउ परिसकेका छन् ।

images
प्रकाशित मिति :भाद्र ११, २०८० सोमवार - १०:०१:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology