Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त

नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त

इच्छाकामना न्युज

२९, श्रावण २०८०
नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त
images

चितवन । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन् । बैंकको आज सोमबार बसेको सञ्चालक समितिको बैठकले मलेकुलाई अध्यक्षमा नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पशुपति पौडेलले जानकारी दिए ।

images
images

सोमबार बसेको सञ्चालक समितिको बैठकले मलेकु र पुकार थापालाई सञ्चालक पदमा नियुक्त गरेको थियो । मलेकु संस्थापक समूह र थापा सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि अध्यक्ष रहेका राम प्रसाद रुपाखेती र संचालक रमेश पौडेलले राजीनामा दिएका थिए । उनीहरुले दिएको राजीनामा सञ्चालक समितिबाट स्वीकृति भइसकेको बैंकले जनाएको छ ।

नवनियुक्त अध्यक्ष मलेकु राष्ट्र बैंकका पूर्व कर्मचारी हुन् । ३२ वर्ष राष्ट्र बैंकमा रहेर काम गरेका मलेकु उपनिर्देशक थिए । साथै, उनले कर्जा तथा निक्षेप सुरक्षण निगम र क्यापिटल मर्चेन्ट फाइनान्सको सीईओ समेत भएर काम गरेका थिए ।

images
प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - २२:०९:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology