Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

भीमफेदी कुलेखानी सडक दुई महिनाका लागि बन्द हुने 

भीमफेदी कुलेखानी सडक दुई महिनाका लागि बन्द हुने 

images

इच्छाकामना न्युज

१०, माघ २०७७
भीमफेदी कुलेखानी सडक दुई महिनाका लागि बन्द हुने 
images

मकवानपुर, १० माघ । काठमाडांैदेखि कुलेखानी, भीमफेदी हुँदै हेटौंडा जोड्ने सडकखण्ड आजदेखि दुई महिनाका लागि बन्द हुने भएको छ । भीमफेदी कुलेखानी सडकखण्ड निर्माण भइरहेकोले आउँदो चैत १० गते सम्मका लागि बन्द गर्न लागिएको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रवक्ता हरिप्रसादओझाले जानकारी दिनुभयो । भीमफेदी कुलेखानी सडक बिस्तार तथा घुम्तीमा ढलान गर्न आयोजनाको निर्माण कार्यसँग सम्बन्धित सवारी साधनबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइएको उहाँको भनाइ छ । 
भीमफेदी कुलेखानी १६ किलोमिटर सडकखण्डमा मोड सुधार, सडक चौडा लगायतका कार्य भइरहेको छ । यो सडकखण्ड भएर ओहोरदोहोर गर्नेहरूलाई बैकल्पिक सडक प्रयोग गर्न पनि यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले आग्रह गरेको छ। भीमफेदी कुलेखानी सडक बन्द भएपछि काठमाण्डौ हेटौंडा यात्राका लागि त्रिभुवन राजपथ, कान्तिलोकपथ वा पृथ्वी राजमार्ग प्रयोग गर्नुपर्ने प्रवक्ता ओझाले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - ०९:१९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology