Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालमा बारी बाँझै, भारतबाट ५१ करोडको कोदो आयात !

नेपालमा बारी बाँझै, भारतबाट ५१ करोडको कोदो आयात !

इच्छाकामना न्युज

१०, श्रावण २०८०
नेपालमा बारी बाँझै, भारतबाट ५१ करोडको कोदो आयात !
images

काठमाण्डौ । पूर्वीनाका झापाको काँकडभिट्टाबाट ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको कोदो आयात भएको छ ।

images
images

गएको आर्थिक वर्ष २०७९/८० मा भारतबाट काँकडभिट्टा नाका हुँदै १६ हजार ३५ मेट्रिक टन कोदो भित्रिएको प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले बताउनुभयो ।

त्यस्तै फर्सी पनि भारतबाट ठूलो मात्रामा आयात भएको छ । पहाडी जिल्लामा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानले गाईभैँसीलाई खुवाउँछन् ।

तर त्यही फर्सी पूर्वी नाकाबाट आर्थिक वर्ष २०७९/८० मा सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार सात सय ३३ मेट्रिक टन आयात भएको छ ।

फर्सी र कोदोमात्र होइन, फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका भान्सामा उपभोग हुने खाद्यवस्तु भारतबाट उच्च मात्रामा आयात भएको छ ।

एक वर्षमा १९ करोड ८३ लाख ८४ हजार मूल्य बराबरको १२ हजार तीन सय ९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ ।

त्यस्तै ३१ करोड ९८ लाख आठ हजार मूल्य बराबरको १९ हजार नौ सय ८८ मेट्रिक टन करेला, १८ करोड ७४ लाख ७२ हजार मूल्य बराबरको ११ हजार सात सय १७ मेट्रिक टन भिन्डी र आठ करोड ९६ लाख ८० हजार मूल्य बराबरको पाँच हजार छ सय पाँच मेट्रिक टन सिमी भारतबाट आयात भएको प्लान्ट काँकडभिट्टा क्वारेन्टिन कार्यालयका ठाकुरले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :श्रावण १०, २०८० बुधवार - ०९:४२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology