Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना गाउँपालिकाद्वारा गाउँको कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण

इच्छाकामना गाउँपालिकाद्वारा गाउँको कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण

चित्र बहादुर गुरुङ

१, श्रावण २०८०
इच्छाकामना गाउँपालिकाद्वारा गाउँको कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउँपालिकाले आईतबार इच्छाकामना २ मा अवस्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तारण गरेको हो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, वडा नं. २ का वडाध्यक्ष पंच बहादुर चेपाङ, वडा नं. ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेती लगायतको रोहवरमा कृषक समुहका अध्यक्ष एक बहादुर चेपाङलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरेको हो । 

images
images

विशेष गरेर इच्छाकामना गाउँपालिकाको पहाडी भुगोलका कृषकहरुले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सहज ढुवानीको लागि आर्थिक वर्ष २०७९।०८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराएको हो । एम्बुलेन्सको लागत भ्याट सहित २५ लाख ३४ हजार ९ सय ९९ रुपैयाँ ८३ पैसा रुपैयाँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले जानकारी दिए । उनका अनुसार लागत मूल्यको ७५ प्रतिशत रकम गाउँपालिकाले व्यहोरेको छ भने बाँकी २५ प्रतिशत रकम हपनी कृषक समूहले व्यहोरेको छ । 

347604609_3075045312630491_1172736118782050514_n.jpg

गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै समयमै किसानहरुले आफ्नो उत्पादन सहज र सर्वसूलभ मूल्यमा बजारमा ढुवानी गर्न सक्ने वातावरण बनेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए । ‘हामीले कृषि उत्पादनको योजनालाई उच्च प्राथमिकता दिदै अगाडी बढेकोले कृषि उत्पादन बजारीकरणका थुप्रै योजनाहरु ल्याएका छौं, त्यस अन्तर्गत कृषि एम्बुलेन्स पनि एक हो’ –उनले भने ‘यसले किसानहरुको उत्पादन ढुवानीमा सहजीकरण गरी बेलैमा बजार पु¥याएर उचित मूल्य पाउने र बेलैमा ढुवानी गर्न नसकेर यतिकै खेर फेल फाल्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएका छौं ।’

एम्बुलेन्समा सञ्चालनमा आएसँगै गाउँपालिकाको वडा नं. १ र २ काउँले, हपनी, मायाटार लगायतका पहाडी भू–भागमा रहेका किसानहरु लाभान्वित हुनेछ । 

images
प्रकाशित मिति :श्रावण १, २०८० सोमवार - ०९:०६:२१ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology