Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

सहकारी मार्फत १४ अर्ब भन्दा बढि रकम ठगी आरोपमा फरार शिवशिखर सहकारीका अध्यक्ष केदार शर्मा भारतबाट पक्राउ

सहकारी मार्फत १४ अर्ब भन्दा बढि रकम ठगी आरोपमा फरार शिवशिखर सहकारीका अध्यक्ष केदार शर्मा भारतबाट पक्राउ

इच्छाकामना न्युज

१२, आषाढ २०८०
सहकारी मार्फत १४ अर्ब भन्दा बढि रकम ठगी आरोपमा फरार शिवशिखर सहकारीका अध्यक्ष केदार शर्मा भारतबाट पक्राउ
images

काठमाडौं । सहकारीमार्फत करिब १४ अर्ब रुपैयाँ ठगीका नाइके केदारनाथ शर्मा न्यौपाने भारतको मुम्बईबाट पक्राउ परेका छन । मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार शर्मालाई पक्राउ गरेर नेपाल ल्याएको छ ।

images
images

शर्माको नेतृत्वमा स्थापना भएको शिव शिखर सहकारी र तुलसी सहकारीले १४ अर्बभन्दा धेरै सर्वसाधारणको निक्षेप हिनामिना गरेको छ । हिनामिनाको मुख्य नाइके न्यौपाने भएको अनुसन्धानमा खुलेपछि उनलाई भक्तपुर र मोरङमा मुद्दा दायर भइसकेको छ । अन्य जिल्लामा पनि उनीविरुद्ध अनुसन्धान जारी छ ।

सहकारीमा समस्या आएपछि केही महिनायता उनी भारतमा बस्दै आएका थिए । बाँकेको कोलहपुर स्थायी घर भएका न्यौपानेले सहकारीबाट ठगेको रकम भारतको राजस्थानलगायत ठाउँमा लगानी गरेकोसमेत अनुसन्धानमा खुलेको छ ।

न्यौपानेलाई मंगलबार अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । न्यौपनाले भक्तपुरमा केन्द्रीय कार्यालय भई ३५ जिल्लामा शाखा कार्यालय रहेको शिव शिखर सहकारीको पूर्वअध्यक्ष हुन । उनले सहकारीको पैसा नियमविपरीत आफ्ना निजी कम्पनीमा लगानी गरेका थिए । ती कम्पनीको व्यापार खस्किएपछि सहकारी समस्यामा परेको हो । जसकारण निक्षेपकर्ताहरूले आफ्नो पैसा फिर्ता पाएका छैनन । हाल सहकारी बन्द छ । नेपालको सहकारी क्षेत्रमा यो अहिलेसम्मकै ठूलो ठगी हो । सो सहकारीबाट एक लाखभन्दा धेरै पीडित रहेका छन ।

सिआइबीले सो सहकारीका सञ्चालकद्वय अमिस भण्डारी र पुष्कर मल्ललाई पक्राउ गरिसकेको छ । न्यौपानेकी श्रीमती गीता शर्मा पनि पक्राउ परेकोमा उनीहरू तीनैजना जेल चलान भइसकेका छन । भक्तपुरमा प्रहरीले १० जनाविरुद्ध मुद्दा दायर गरेकोमा सातजना फरार थिए । जसमध्ये पूर्वअध्यक्ष न्यौपाने पक्राउ परेका हुन ।
न्यौपाने अध्यक्ष रहेको विराटनगरको तुलसी सहकारीको ठगी प्रकरणमा पनि मोरङ जिल्ला अदालतमा गत महिना मुद्दा दायर भएको थियो । जसमा उनलाई मुख्य प्रतिवादी बनाइएको छ । उनको कम्पनीको सम्पत्ति रोक्का भइसकेको छ ।

सहकारीको पैसाबाट उनीहरूले निजी सम्पत्तिसमेत जोडेका थिए । केदारनाथकी श्रीमती गीताले साढे दुई करोड रुपैयाँ पर्ने गाडी चढ्दै आएकी थिइन् । सो गाडी बरामद गरी प्रहरीले लिलामी प्रक्रियामा पठाएको छ ।

images
प्रकाशित मिति :आषाढ १२, २०८० मंगलवार - १०:२६:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology