हेटौडा । बागमती प्रदेश सरकारले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेटमा चितवनको इच्छाकामना गाउँपालिकामा देखिने गरी कुनैपनि योजनामा प्राथमिकताका साथ बजेट नपरेको देखिएको छ । प्रदेशको बजेटमा इच्छाकामना गाउँपालिकाको कुनैपनि योजना प्राथमिकतामा नपरी बजेट नपरेको पाईएपछि चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’बाट निर्वाचित प्रदेश सांसद कृष्णप्रसाद सिलवालले असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रदेश सरकारको बजेट बारे प्रदेश सांसद सिलवालले इच्छाकामना न्युजसँग संक्षिप्त कुराकानी गर्दै प्रदेश सरकारले भेदभावपूर्ण तरिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएको बताए । देश र जनताले चाहेको अनुसार बजेट नल्याएको बताउदै आर्थिक मन्दीका कारण बैंक वित्तिय संस्थाको ऋणले आक्रान्त व्यापारी वर्ग, किसान लगायत कसैलाई पनि यो बजेटले छुन नसक्ने उनले बताए ।
बागमती प्रदेश सरकारको बजेटमा इच्छाकामना मन्दिरलाई अन्य विभिन्न पर्यटकीय स्थलहरु जस्तै आगामी आर्थिक वर्षमा विषेश पर्यटकीय क्षेत्रको रुपमा विकाश गरिनेछ भन्ने बाहेक कुनै पनि बुदाँमा सम्बोन्धन भएको देखिदैन ।