Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

कृषि तथा वन विज्ञान विश्वविद्यालयका कर्मचारीका लागि न्यू एकाउन्टिङ्ग म्यानुअल इम्प्लिीमेन्टेशन प्रोसिडुअर्स तालिम

कृषि तथा वन विज्ञान विश्वविद्यालयका कर्मचारीका लागि न्यू एकाउन्टिङ्ग म्यानुअल इम्प्लिीमेन्टेशन प्रोसिडुअर्स तालिम

images

इच्छाकामना न्युज

२, आषाढ २०८०
कृषि तथा वन विज्ञान विश्वविद्यालयका कर्मचारीका लागि न्यू एकाउन्टिङ्ग म्यानुअल इम्प्लिीमेन्टेशन प्रोसिडुअर्स तालिम
images

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, निरन्तर शिक्षा केन्द्रको आयोजनामा विश्वविद्यालयको केन्द्रिय कार्यालय, संकाय, निर्देशनालय एवं आंगिक कलेजहरुका सामान्य प्रशासन शाखा अन्तर्गत भण्डार तथा खरीद ईकाईमा कार्यरत कर्मचारीहरुका लागि ‘न्यू एकाउन्टिङ्ग म्यानुअल इम्प्लिीमेन्टेशन प्रोसिडुअर्स’ तालिम सुरु भएको छ । 

तीन दिनसम्म सञ्चालन हुने तालिमको विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले शनिबार उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा उपकुलपति प्रा.डा. रेग्मीले सहभागीहरुलाई तालिमको औचित्य पुष्टि हुने गरी कार्यक्षेत्रमा प्रयोगमा ल्याई विश्वविद्यालयको सम्पूर्ण निकायहरुको खरिद र भण्डार व्यवस्थापनका कार्यहरुमा एकरुपता र पारदर्शीता कायम गर्न निर्देशन दिनुभयो । 

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले विश्वविद्यालयले आगामी आर्थिक वर्षदेखी लागु गर्न लागेको नयाँ लेखा व्यवस्थापन प्रणाली बारेमा सम्बन्धित शाखाका कर्मचारीहरुलाई क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको बताउनुभयो । नयाँ प्रणालीमा अभ्यास गर्दैजाँदा पोख्त हुने भएकाले तालिमको सिकाईलाई अभ्यासमा ल्याउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा विश्वविद्यालयको कृषि संकायका डीन प्रा.डा. अर्जुनकुमार श्रेष्ठ, पशु विज्ञान पशु चिकित्सा एवं मत्स्य विज्ञान संकायका डीन प्रा. डा. होम बहादुर बस्नेत, वन विज्ञान संकायका डीन डा.गान्धिव काफ्ले, अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा. ऋषिराम कट्टेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

तालिमको सुरुआतमा विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक कृष्णप्रसाद थपलियाले लैंगिक समानता र सामाजिक समावेशीकरणका विषयमा सहजीकरण गर्नुभएको थियो । विश्वविद्यालयमा सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा काम गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न विश्वविद्यालयले लागु गरेको ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण निर्देशिका २०८०’ का बारेमा अभिमुखिकरण गर्नुभएको थियो । 

तालिम अवधिभर विश्वविद्यालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख बुद्धिनाथ ढुंङ्गाना, आर्थिक प्रशासन महाशाखा प्रमुख भीमप्रसाद सापकोटा, सामान्य प्रशासन महाशाखा प्रमुख वसन्त पौडेल, निरीक्षण महाशाखा प्रमुख मेघराज सापकोटा, लेखा अधिकृत संजिव न्यौपाने, वरिष्ठ इन्जिनियर कृष्ण बहादुर अधिकारी, इन्जिनियर प्रशान्त पौडेल लगायतले स्रोत व्यक्तिको भूमिका निर्वाह गर्नेछन् । 

‘तालिमभर नयाँ लेखा व्यवस्थापन प्रणालीका विशेषता तथा सापेक्षता, भण्डार तथा सम्पत्ति व्यवस्थापन, सार्वजनिक खरिद एवं निर्माणमा प्रयोग हुने फारामहरु, आन्तरिक नियन्त्रण प्रणाली, स्टक निरिक्षण प्रतिवेदन तयारी, लिलामी प्रकृया लगायतका विविध विषयहरु समेटिएको छ’ संयोजक एवं निरन्तर शिक्षा केन्द्रका निर्देशक डा. निराजन भट्टराईले तालिमको बारेमा जानकारी दिँदै भन्नुभयो, ‘तालिममा ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत प्रयोगात्मक सत्रहरु रहनेछन्’ । कार्यक्रममा विश्वविद्यालयको विभिन्न निकाय, संकाय र आंगिक कलेजमा कार्यरत ३३ जना कर्मचारीको सहभागिता रहेको छ । 

images
प्रकाशित मिति :आषाढ २, २०८० शनिवार - २२:१८:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology