Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

मुक्तिनाथ बैंकका ग्राहकलाई सेफ्स वर्गरमा १० प्रतिशतसम्म छुट

मुक्तिनाथ बैंकका ग्राहकलाई सेफ्स वर्गरमा १० प्रतिशतसम्म छुट

इच्छाकामना न्युज

३१, जेठ २०८०
मुक्तिनाथ बैंकका ग्राहकलाई सेफ्स वर्गरमा १० प्रतिशतसम्म छुट
images

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले सेफ्स वर्गरमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।

images
images

बैंकले भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन सेफ्स बर्गरसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो।

यस व्यवसायिक सम्झौतापछि बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले सेफ्स बर्गरका विभिन्न शाखाहरूमा फुड एण्ड बेभरेज सेवामा विशेष १० प्रतिशत छुट पाउन सक्ने बैंकको भनाइ छ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

images
प्रकाशित मिति :जेठ ३१, २०८० बुधवार - ११:५६:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology