कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाका निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङ नेपाली काँग्रेसको भातृसंस्था नेपाल महिला संघको केन्द्रीय सदस्य मनोनित भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उषा राउत मिश्रको अध्यक्षतामा गठन गरेको नेपाल महिला संघको केन्द्रीय तदर्थ समितिको सदस्यमा गुरुङलाई मनोनित गरेको हो ।
गुरुङसँगै चितवनबाट एलिजा अधिकारी पनि महिला संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
