हेटौंडा । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे हेटौंडा स्थित प्रदेश सभा भवनमा बस्ने बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि संशोधन हाल्नका लागि हिजो मंगलबारसम्म समय दिइएको थियो ।
मंगलबारसम्म आएका संशोधन प्रस्ताव माथि आजबाट छलफल सुरु हुन लागेको हो ।