Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

१६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउँदै सरकार

१६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउँदै सरकार

इच्छाकामना न्युज

१५, जेठ २०८०
१६ खर्ब ८८ अर्ब रुपैयाँको बजेट ल्याउँदै सरकार

काठमाण्डौ । सरकारले आगामि आर्थिक वर्ष २०८० ०८१ को बजेट १६ खर्ब रुपैयाँ बराबरको ल्याउने तयारीमा जुटेको छ । चालू वर्षको भन्दा सानो आकारको बजेट तयार योजना आयोगले दिएको १६ खर्ब ८८ अर्बको सिलिङआसपासमै बजेट बन्दै गरेको अर्थमन्त्राल स्रोतको भनाई छ ।

images

साथै आगामि आर्थिक वर्षमा सरकारी कर्मचारीको भने तलब नबढ्ने स्रोतको भनाई छ । स्रोतमा देखिएको संकुचन र कार्यान्वयन क्षमतामा देखिएका कमजोरीका कारण सरकारले आगामी आर्थिक वर्ष ०८० ८१ को बजेट सानो आकारको ल्याउने र साथै कर्मचारी र बृद्धा भत्ता बढाउन नसकिएको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहने स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेटका लागि १६ खर्ब ८८ अर्बको सिलिङ दिएको थियो । अघिल्लो वर्षको जुन चालू आवको बजेटको भन्दा ६ प्रतिशतले कम हो । चालू आवमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडबराबरको बजेट ल्याएको छ । आगामी आवका लागि १७ खर्ब ननाघ्ने गरी बजेटलाई अन्तिम रूप दिने प्रयास भइरहेको छ ।

त्यस्तै सरकारले विद्युतीय सवारी साधनमा भन्सार कर बढाउने तयारीगरेको पनि स्रोतको भनाई छ । सानो गाडीमा र ठुलो गाडीमा एक प्रतिशत कर लगाउँदै आएकोमा यसपटक बढाउने तयारीमा मन्त्रालय रहेको छ ।

images
प्रकाशित मिति :जेठ १५, २०८० सोमवार - ०९:३९:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology