चितवन । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले सहकारीलाई दिगो रुपमा अगाडि बढाउनको लागि सदस्यहरुको सक्रियतालाई बढाउनुपर्ने बताएका छन् ।
आज भरतपुरमा बचत तथा ऋण सहकारी संघले गरेको ‘सहकारीमा महिला तथा युवाको सहभागिता र सशक्तिकरणको धारिलो अस्त्र’ कार्यक्रममा उनले सहकारीलाई नियन्त्रण र नियमन गर्न सके सहकारी सदस्यहरुको सक्रियतालाई बढाउन सकिने बताएका हुन् । उनले सरकारी निकाय सहकारीको प्रवद्र्धनका लागि सहयोगीको रुपमा सदैव रहने प्रतिबद्धता जनाए ।